भारत । भारतको बिहार राज्यले २ महिनाको अवधिमा मात्रै करिब २ लाख नयाँ शिक्षकहरूलाई नियुक्त गरेको छ । हिजो मात्रै बिहार लोक सेवा आयोगले ९४ हजार शिक्षकलाई नियुक्ति दिएको छ । ठूलो संख्यामा शिक्षक नियुक्ति गरेपछि राज्यले शिक्षाको क्षेत्रमा राम्रो फड्को मार्ने अपेक्षा गरिएको छ ।
Advertisement
यो नियुक्तिबाट शिक्षक विद्यार्थी अनुपातमा राम्रो सुधार भएको छ । नियुक्ति अघि माध्यमिक तहमा शिक्षक विद्यार्थी अनुपात प्रति ८८ विद्यार्थी १ शिक्षक रहेकोमा अब प्रति ३६ विद्यार्थी १ शिक्षक भएको छ ।
पछिल्लो केही महिनादेखि राज्य सरकारले आफ्नो पूरा ध्यान शिक्षामा लगाएको छ । शिक्षक दरबन्दी थप्ने मात्र नभइ राज्य सरकारले चालू आर्थिक वर्षमा करिब ९०० करोड रुपैयाँ खर्चेर विद्यालय भवनहरू निर्माण गरेको छ भने आउँदो आर्थिक वर्षमा थप १००० करोड खर्च गर्ने योजना बनाएको छ ।




