• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सदा झै निरन्तर गोरु जुधाई मेला नुवाकोटमा, यस बर्ष १८ वटा जुधाइदै


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • नुवाकोट । नेपालीहरुको बिशेष चाडको रुपमा रहेको माघे संक्रान्ति देशका बिभिन्न ठाउमा भिन्न-भिन्न कार्यक्रम गरि मनाईन्छ । यस पर्वको अवसरमा आज नुवाकोट लगायत देशका  विभिन्न स्थानहरूमा गोरु जुधाई मेला हुँदैछ । यसपाली जिल्लाको बिभिन्न भागबाट र छिमेकी जिल्ला समेत गरेर १८ वटा गोरु जुधाउने कार्यक्रम रहेको संयोजक गणेश श्रेष्ठले बताउनु भयो ।  नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा १८ वटा गोरु जुध्ने छन् र विजेताहरुलाई प्रथम र द्वितिय १५०००, १३००० रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ।

    Advertisement

    गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम सकिएसँगै हल गोरु ठूला जुरो बनाउँदै मैदानमा उत्रिएका छन् । सोमवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ।

    बिसौं हजार दर्शकका बिचमा सदियौंदेखि चल्दै आएको माघे संक्रान्तिको दिन गोरु जुधाई कार्यक्रम हामी नुवाकोटेका लागी गौरवको बिषय रहेको आयोजकले बताएका छन् ।

    माघे संक्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ। प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शिर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। नुवाकोटमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र  यो नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ।

    तारुकाको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भएपनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको आयोजकले बताए। ‘पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर अधिकारकर्मीहरुवाट विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो,’ विगतलाई स्मरण गर्दै आयोजक भन्छन्, ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो।’

    तारुकाको मौलिक परम्परा र इतिहास जीवन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन्। यस पटक नौं हल गोरु जुधाउने तयारी भएको क्लबले जनाएको छ। दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राम्हण समुदायको बालनभजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रदर्शन गरिने छ।

    नुवाकोट र रसुवाको सिमा क्षेत्र ऐतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा छ । गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, चितवन, मकवानपुर, गोरखावाटसमेत सर्वसाधारण आउने गरेका छन् ।

    नुवाकोटको यस ऐतिहासिक गोरु जुधाउने पर्वलाई हरेक बर्ष आर्थिक सहयोग गर्दै आइरहेको काठमाडौं सानो-भर्यांग स्थित कामना ईन्टरनेशनल स्कुल/कलेजले यसपाली पनि आफ्नो सहयोगलाई निरन्तरता दिएको क्याम्पस प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । अध्ययन/अध्यापन कार्यमा अब्बल सानो-भर्यांग स्थित कामना ईन्टरनेशनल स्कुल/कलेज नुवाकोट, धादिंग, गोरखा, तनहु, लमजुंग, काभ्रे लगाएतका जिल्लाहरुमा निक्कै परिचित छ, उहांले भन्नुभयो ।

     

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer