• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रेम सुवाल भन्छन्: देश विकास गर्न नसके राजीनामा दिनुस् प्रधानमन्त्री ज्यु


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ ।नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    Advertisement

    उनले प्रचण्डले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । उनले अघिल्लो सरकारहरूले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए ।

    राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए । उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ ।

    उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भने, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि । राणा शासनको विरुद्ध लडेको, पञ्चायतको विरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ । जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर । हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ । यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन् । २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गनुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्र मन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । परराष्ट्र मन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे । देशलाई नर्क बनाउने काम भएको छ । निर्वाचनमा जित्नु मात्रै ठुलो कुरा होइन । अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो चासो नै राखेको छैन ।’

    सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । उनले हरेक प्रधानमन्त्री र मन्त्रीहरूलाई खानेपानीको धारा खोल्नुपर्ने रहरले समस्या निम्तिएको बताए । उनले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरे पनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिए ।

    उनले भने, ‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौँमा । काठमाडौँमा मेलम्चीको पानी ८ पटक उद्घाटन भयो । एक पटक मात्रै उद्घाटन गरेर पानी ल्याइदिएको भए हुन्थ्यो नि । हरेक प्रधानमन्त्रीलाई धारा खोल्नुपर्ने छ । हरेक खानेपानी मन्त्रीलाई धारा खोल्नुपर्ने । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ की, ६० अर्ब रुपैयाँ खर्च भएको छ, मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरे पनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ, नेपालले धान्न सक्दैन । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेका छौँ । निकालिसकेपछि पुनः भरणको काम गर्नुपर्छ । झनै भूकम्पको जोखिम हुन्छ ।’

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer