• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

संरक्षणको पर्खाइमा गर्भा दरबार


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • कैलाली । राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।

    Advertisement

    संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताउनुभयो ।

    गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ ।

    दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश सरकारले पनि हात हाल्न नसकेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार एकसय वर्ष पुगेपछि मात्र पुरातत्त्व विभागले यस्तो दरबारलाई हेर्ने गर्दछ । दरबार शिलान्यास गरेको मितिलाई मान्ने हो भने १०१ वर्ष पुगिसकेको छ । तर निर्माण कार्य सम्पन्न भएको मितिलाई मानेमा दरबारको सय वर्ष पुग्न अझ बाँकी छ ।

    “दरबार सम्पन्न भएको वा शिलान्यास भएको कुन मितिलाई आधार मान्ने भन्ने नै निश्चित छैन” अध्यक्ष बोगटीले भन्नुभयो, “त्यसकारण पुरातत्त्वले केही गरेको छैन । अनुमति नपाउँदा प्रदेश सरकारले हात हालेको छैन । गाउँपालिकाले गर्ने भन्ने त झन् कुरै भएन । हामीसँग त्यति धेरै स्रोत पनि छैन ।”

    गाउँपालिका अध्यक्ष बोगटीका अनुसार दरबारका लागि प्रदेश सरकारले साढे २० करोडको डीपीआर पनि बनाएको छ । तर काम अगाडि बढाउन सकेको छैन । ८३ झ्याल र ५३ ढोकाको तीन तले गर्भा दरबारको संरक्षण वा पुनर्निर्माण भएमा यसले पर्यटक आकर्षण गर्ने स्थानीयको विश्वास छ ।

    तराई क्षेत्र चौमाला बजारबाट २३ किलोमिटरको दूरीमा चुरे पहाडमा गर्भा दरबार रहेको छ । यो दरबारबाट केही दूरीमा समुद्री सतहबाट एक हजार ९६५ मिटर अग्लो चिरकिट्टे भनेर चिनिने चुरेको अग्लो डाँडा रहेको छ । जहाँबाट दक्षिणतिर भारतको सहर र उत्तरतिर हिमालहरूको समेत दृश्य देखिन्छ । गर्भा दरबार र चिरकिट्टे डाँडा भएकाले खैरालामा पर्यटन विकासको राम्रो सम्भावना छ ।(गोरखापत्र)

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer