• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

कि सडक जोडीदेउ, कि लुम्बिनीमा जोडीदेऊ


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ र ७ का स्थानीयले दुम्किबास त्रिवेणी सडक बनाएर पालिकाको केन्द्र र जिल्ला सदरमुकाम जोड्न नसक्ने हो भने आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभ्दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न् ।

    Advertisement

    गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दुम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हट्न नसकेको हो ।

    राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई ओटा वडाबाट गाउँपालिकाको केन्द्र दुम्किबास बजार पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

    राज्य पुनः संरचनामा गण्डकी प्रदेशलाई भारतसँग जोडने नाकाको रुपमा अगाडि बढाउने निर्णय भएसँगै हौसिएका विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई अहिले आफ्नै पालिकाको केन्द्रसम्म पुग्नका लागि पार गर्नुपर्ने लामो दूरीले दुर्गम नै बनेको महसुस हुन थालेको हो ।

    राज्य पुनःसंरचना हुनु अगाडिको साविक त्रिवेणी सुस्ता गाउँविकास समिति टुक्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएकाले आफ्नै गाउँपालिकाका केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै ४० किलोमिटरभन्दा बढीको यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरुका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने बताउन थालेका छन् ।

    “प्रदेशकै मुख्य नाका बन्ने भनेर गण्डकी प्रदेशमै बस्न स्वीकार गरेका थियौँ, अहिलेसम्म ४ जना मुख्यमन्त्री बनिसके तर बाटो बन्न सकेन, अब पनि बाटो नबने लुम्बिनीमा गाभिन पाउँ भनेर आन्दोलनमा जानुको विकल्प छैन”, स्थानीय रवि पौडेलले भने ।

    “सुगम जिल्ला भनिए पनि पालिकाको केन्द्रसम्म पुग्न रु एक सय ५० भन्दा धेरै एकोहोरो भाडामै खर्च हुन्छ, आफ्नै साधन हुनेहरु काम सकेर त्यही दिन फर्कन सक्छन् होइन भने बास बस्नुपर्ने अवस्था हुन्छ”, वडा नं ६ का विशालबाबु भण्डारीले भने,“प्रदेशको नाका भनेर गर्व गर्ने कुरा मात्रै भएको छ ।”

    यसैबीच ३ दिने भ्रमणका क्रममा नवलपुर आएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत शुक्रबार विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का अध्यक्ष नुरेन्द्र शाहले ज्ञापनपत्र बुझाउँदै दुम्किबास त्रिवेणी सडक तत्काल निर्माण गर्न आग्रह गरेका छ्न् । ज्ञापन पत्रमा आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेशका ३ वटा पालिका हुँदै ४० किलोमीटर दूरी पार गर्नु पर्ने बाध्यता भएको भन्दै सडक निर्माण नगरे आफूहरुलाई लुम्बिनीमा गाभ्दिन आग्रहसमेत गरिएको छ ।

    शुक्रबार गजेन्द्रमोक्ष दिव्यधाम विकास समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्किबास सडक खोल्न आफ्नो पूर्ण शक्ति लगाउने बताउएका छन् ।

    गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्ष धामदेखि मुक्तिनाथसम्मको यात्रा सरल र सहज बनाउने रहेकाले मुख्यमन्त्री पाण्डेले यसका लागि पूर्ण शक्ति लगाउने बताएका हुन् ।

    निकुञ्ज र वन ऐनका कारण सडक निर्माणमा समस्या उत्पन्न भएकाले देखिएका समस्याको समाधान गर्न निकुञ्ज तथा वन ऐन संशोधन गरेरै भए पनि सडक निर्माणका लागि पहल गर्ने उनको भनाइ थियो ।

    गाउँपालिकाको केन्द्र दुम्किबास बजारदेखि त्रिवेणीसम्मको १९ किलोमिटर दुम्किबास त्रिवेणी सडकको काम अगाडि बढ्न नसक्दा उक्त गाउँपालिका–६ र ७ का बासिन्दा समस्यामा परेका हुन् ।

    विसं २०६२ मा ट्र्याक खोलिए पनि सात किलोमिटर बाटो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आफ्नो क्षेत्रमा पर्ने भन्दै बाटो निर्माणमा कानूनी जटिलता देखाएर अनुमति नदिँदा काम अगाडि बढ्न सकेको छैन ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer