• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राम मन्दिरको प्राण प्रतिष्ठा दिउँसो १२ः२९ः०८मा, तालिका यस्तो


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । विश्वभर छरिएर रहेका हिन्दूधर्मीहरु निक्कै चासो रहेको चर्चित भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । हजारौँ हिन्दूधर्मीहरु अयोध्यामा पुगिसकेका छन् ।

    Advertisement

    स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको छ । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु हुनेछ । नयाँँ मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा हुन लागेको हो ।

    आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १०ः२० बजे अयोध्या पुग्नेछन् । त्यस्तै पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणी, अमिताभ बच्चन, रजनीकान्त लगायतका अभिनेताहरुसमेत पुगिसकेका छन् ।

    नरेन्द्र मोदीले मन्दिर बनाउने श्रमजीवीहरुसँग पनि कुराकानी गर्नेछन् । उनले कुबेर टीला गएर भगवान् शिवको पूजा गर्नेछन् । त्यस्तै साँझ दीप प्रज्वलित गरेर देशभर दिपावली मनाइने छ ।

    यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नया मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो ।

    गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो ।

    यस्तो छ अयोध्याको आजको कार्यक्रम–
    विभिन्न राज्यका ५० भन्दा बढी वाद्ययन्त्रले बिहान १० बजेदेखि मंगल ध्वनि बजाउने छन् ।

    १०ः३० बजे नरेन्द्र मोदी मन्दिर परिसरमा पुग्नेछन् ।

    ११ बजे अतिथिहरु पुग्नेछन् ।

    बिहान ११ः३० बजे गर्भगृह पूजा हुनेछ । यो पूजा एक घण्टा चल्नेछ ।

    १२ः२९ः०८ बजे शुभ मुहूर्तको क्षण हुनेछ । त्यो जम्मा ८४ सेकेन्डको हुनेछ । यो १२ः३०ः३२ बजेसम्म चल्नेछ ।

    दिउँसो १२ः३० बजे मूख्य अतिथिहरुको भाषण हुनेछ ।

    दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer