• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: अर्घाखाँची


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • संसारको सर्वोत्कृष्ट व्याकरण “पाणीनीय ब्याकरण”को प्रादुर्भाव भएको, महर्षि दुर्वासा तोपोभूमि, तथा पूर्व पश्चिम राजमार्गलाई छुने एकमात्र पहाडी जिल्ला अर्घाखाँची लुम्बिनी प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,११९ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ३०५ मिटर देखि २५१५ मिटर उचाईबीच अवस्थित रहेको छ। यस जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकामा अवस्थित सन्धिखर्क  बजार हो । । भौगोलिक रुपमा यो जिल्ला  २७ º ४५’  देखि २८ º ६’ उत्तरी अक्षांस र ८२º ४५’ देखि ८३º २३’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा ३ वटा नगरपालिका र३  वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्यूठान र दाङ जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रुपन्देही र कपिलबस्तु जिल्गलासंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,७७,०८६ जना रहेको छ भ ने जनघनत्व १४८ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८३.६७% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -१.०५ % रहेको छ भने कूल जनसंख्याको ३.५ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८० % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा ब्राह्मण, मगर, क्षेत्री, विश्वकर्मा, मिजार, कुमाल, परियार, नेवार, घर्ती, मुसलमान आदि   रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर ढुट, कुमाल, नेवारी, थारु, मुसलमान, अवधी, खस, उर्दू आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्रमहाराज मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा(बल्कोट) अर्घाकोट(अर्घा)  अर्घा र खाँचीकोट मन्दिर, सदरमुकाम स्थित सिद्धेश्वर मन्दिर, ठाडादह (डमरु ताल), जालकाडाँको लेक, मसिनाको लेक, सेङलेङ करेङ्गचुली, मालिका मदिर, खिदिम, कैलास आश्रम सिम्ले, असुरकोट, ठाडा दह आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन आदि रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन,  व्यापार, पर्यटन आदि  रहेको छ। यस जिल्लाको कृषियोग्य जमिनमा धान, गहुँ, मकै, आलु,  तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा सुन्तला, व्यावसायिक तरकारी खेती तथा पशुपालन  पर्दछन। यस जिल्लाका सिम्ले , खिदिम, पोखराथोक क्षेत्र सुन्तला खेतीका लागि पशिद्ध रहेका छन् ।  सन्धिखर्क, ठाडा, दूरगा फाँट, खनदह, हंसपुर, बल्कोट, मथुराबेंशी सीतापुर, नुवाकोट, सिमलपानी, सिद्धारा असुरकोट आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु तथा ठण्डा समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति तथा कोणधारी वनस्पति पाइन्छ । यस जिल्लाका मुख्य वन पैदावरहरुमा साल, सल्लो, उत्तीस, चिलाउने, टुनी, साज, चिउरी, मौवा, खल्लुक,  आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तुहरुमा बाघ, भालु, स्याल, चितुवा, बंदेल, घोरल, ढेडु, बाँदर, खरायो, मृग, फ्याउरो, दुम्सी आदि पर्दछन्।

    जिल्ला परिचय अन्तरगत यो पचासौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मासिक राशिफल: जेठ, २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer