• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: प्युठान


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • द्रौपदी सहित पन्चपाण्डव स्वर्ग प्रस्थान गरेको मार्ग तथा स्वर्गद्वारी बबाको तपोस्थली एवं मगर जातिको बाहुल्यता भएको   प्युठान लुम्बिनी प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,३०९ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर उचाईबीच अवस्थित रहेको छ। यस जिल्लाको सदरमुकाम प्युठान नगरपालिकामा अवस्थित खलङ्गा  बजार (१२८० मि.) हो । । भौगोलिक रुपमा यो जिल्ला  २७ º ३४’  देखि २७ º ५७’ उत्तरी अक्षांस र ८३º १५’ देखि ८४º २२’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा दुइ वटा नगरपालिका र सात  वटा गाउँपालिका गरी दश वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मीजिल्ला, पश्चिममा रोल्पा र दाङ जिल्ला, उत्तरमा बाग्लुङ र रोल्पा जिल्ला तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्गलासंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २,३२,०१९ जना रहेको छ भ ने जनघनत्व १७७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८१.४३% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.१६ % रहेको छ भने कूल जनसंख्याको २.७ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८०.१ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा मगर, क्षेत्री, विश्वकर्मा, ब्राह्मण पहाडी, मिजार, परियार, सन्यासी, नेवार, कुमाल, गुरुङ आदि   रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर ढुट, नेपाल भाषा, गुरुङ, मगर खाम आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा स्वस्गद्वारी मन्दिर, गौमुखी, खलङ्गा शिवालय मन्दिर, कालिका भगवती विजुवार, झान्क्रीस्थान, ऐरावती नौबहिनी, सारीको अद्भूद भू-बनोट, भित्रिकोट दरवार, मल्लरानीमल्लरानीटारी डाँडा, भाईटिकाको भोलीपल्ट तृतीया देखी पञ्चमी तिथी सम्म ३ दिन डल्ले सरायँ (विजुवारनेर) र दाखाक्वाडी हिक्मतेश्वर बगैचाको मेला, पुरुसुङ्गे नाच, मारुनी नाँच, माडिखोला नाँच, सोरठी नाच, लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा (माघे पूर्णिमाको दिन) रहेका छन् ।  ।  यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन आदि रहेका छन् । यस जिल्लाको प्रमुख जलस्रोतको  धर्मावती (झिम्रुक), माण्डवी , राप्ती लगाएत अन्य साना ठूला नदी तथा खोलाहरु रहेका छन ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। यस जिल्लाको कूल ४२७६६ हेक्टर कृषियोग्य जमिनमा धान, गहुँ, मकै, आलु,  तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा सुन्तला उखु , व्यावसायिक तरकारी खेती तथा पशुपालन  पर्दछन। खलङ्गा, विजुवार, वग्दुला, दाखाकवाडी, मच्छी, भिंग्री, देवीस्थान, बहाने, बरौंला, दरभान, ठूलाबेंशी, खरीबोट आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु तथा ठण्डा समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति तथाकोणधारी वनस्पति पाइन्छ  । यस जिल्लाका मुख्य वन पैदावरहरुमा साल, सल्लो, उत्तीस, चिलाउने, टुनी, साज, चिउरी, मौवा, खल्लुक, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तुहरुमा बाघ, भालु, स्याल, चितुवा, बंदेल, घोरल, ढेडु, बाँदर, खरायो, मृग, फ्याउरो, दुम्सी आदि पर्दछन्।

    जिल्ला परिचय अन्तरगत यो चौवन्नौ शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer