काठमाडौँ । प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ ।
यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
जङ्गली जुका फाल्न, पेटको विकार फाल्न, जैविक विषादी बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगायत सबै भागलाई दन्त मन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।
दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, हैजाजस्ता समस्याहरूबाट मुक्ति दिन्छ ।
आँखा कम देख्नहरु र न्यून रक्तचाप भएका व्यक्तिलाई अचुक औषधी हुन्छ ।
हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।
टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।
क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।




