• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जनैपुर्णिमामा ताल तथा कुण्डहरुमा भक्तजनको बिशाल उपस्थिती, कुम्भेश्वरमा २ लाख वढी


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । आज हिन्दुहरुको पबित्र चाड जनैपुर्णिमा (रक्षाबन्धन) । आजको दिनमा देशका बिभिन्न ताल तथा कुण्डहरुमा भक्तजनहरु भेला भएर बिधिपुर्वक स्नान गरी यज्ञोपवित अथवा जनै धारण गर्ने प्रचलन रहेको छ । पछिल्लो समय बंगलामुखी नामले प्रसिद्द कमाएको मन्दिरलाई नै कुम्भेश्वर मन्दिर भनिन्छ । यो मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण देवीस्थान/शक्तिपीठ मानिन्छ भने पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्छ बगलामुखी मन्दिर वा कुम्भेश्वर मन्दिर । बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ भने आजको दिन भक्तजनहरुको बिशाल उपस्थिती हुने गरेको छ । यो मन्दिर, शिव शंकर भगवानको मन्दिर हो | शिव त्रिदेव मध्ये एक देव हुन्। यिनलाई देवताको देवता भएको हुनाले “महादेव” भनिन्छ। यिनको महादेव, भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकण्ठ आदि नाम रहेका छन् । यस्तै आजकै दिन देशका बिभिन्न शक्तीपिठहरुमा/मन्दिरहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    Advertisement

    बगलामुखी मन्दिर परिसरमा जनैपुर्णिमाको अबसरमा कुम्भेश्वर मन्दिरमा २ लाख भन्दा बढि भक्तजनको उपस्थिती रहेको सहभागीहरु बताउछन ।

    यस्तै महोत्तरी जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइने झुलनोत्सव पर्व आज बिहान सम्पन्न भएको छ । यस वर्ष भदौको तृतीयादेखि पूर्णिमासम्म मनाइएको सो पर्व गएराति भगवान् रामचन्द्र र माता जानकीलाई लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाउँदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो ।

    तृतीयादेखि पूर्णिमासम्म चलेको झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् राम सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा झुलाइएको थियो । महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धूमधामका साथ सम्पन्न भएको छ ।

    उता खोटांगमा बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देऊ है !! सै राजा सै सै, सै रानी सै सै…

    यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवम् ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थलमा ढोलेतालेसहित धामीझाँक्री नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनाका साथै पूजाआजा गरेर विद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।

    गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्री आज बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका छन् ।

    यस्तै हुम्ला जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।

    हुम्ला जिल्लाका अधिकांश स्थानमा साउने पूर्णिमाका दिन माडुहरूमा धामी नाचेर मनाउने गरिन्छ । सिमकोट गाउँपालिका–६ निवासी धर्मराज रोकायाले धामी झाँक्रीहरूले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चतुर्दशीबाट भने नाचेर यो पर्व सुरु गर्छ ।

    सिमकोट गाउँपालिका–५ को बाँडपालको माडुमा धामीहरूले नाचेर धूमधामसँग साउने पूर्णिमा मनाउने गर्छन् । यसअघि धुपीरुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामीहरू भेट हुने बित्तिकै दुध छर्किन्छन् ।

    किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम सोमबार भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।

    उभौलीपर्वको समापनका रूपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रूपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन् ।

    यस्तै म्याग्दी जिल्लाका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ ।

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुलो सख्यामा भक्तजनहरु पुगेका छन् ।

    समुद्री सतहदेखि ४ हजार सातसय मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खयरलेकमा अवस्थित खयरभारानी, वडा नम्बर ८ को नाङ्गी बाराहीमा भक्तजनहरुले चिच्याउँदै वर माग्ने प्रचलन छ । यहाँ एकपटकमा एउटा मात्र वर मागेमा पूरा हुने धार्मिक विश्वास छ ।

    यता जनैपूर्णिमाका अवसरमा रसुवा जिल्लाको गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको बताईएको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताउनुभयो ।

    बगलामुखी माता
    पाटन दरवार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी कुम्भेश्वर (सर्रवेश्वर मृत्युञ्जय महादेव) मन्दिरको दक्षिण तर्फ रहेको छ। तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ। बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो। त्यसकारण माता बंगलामुखीलाइ श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

    बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नकोलागी बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेकोछ। तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ। देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो। जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्ने गरिन्छ। किनभने पितृ र कुललाइ सञ्चालन गने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोषहरू लाग्दा बंगलामुखीको शरणमा जाने गदर्छन ।

    बगलामुखी माता को ब्रिहस्पती सँग सम्लग्नता रहेको हुनाले बिहीवार विशेष भीड हुने गर्दछ र दर्शन गर्‍दा मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ । देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ।

    श्री महाबिद्या बगलामुखी माँ सत्ययुगमा ब्रह्माण्ड नष्ट गर्न सक्ने महाप्रलयबाट बचाउन भगवान विष्णुले बगलाको तपस्या गर्दा माता बगलामुखी उत्पन्न भई विश्वलाई बचाएको बताइन्छ । समुद्र मन्थनपछि विष पिएका शिवले पनि बगला माँको आराधना गरेको विश्वास गरिन्छ ।। तन्त्रशास्त्र अनुसार १० महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । किंवदन्ती अनुसार, बगला (मदन) नामक राक्षसले यस् भेगका मानिसहरूलाई सताउने गरेकाले स्थानीय बासिन्दाहरूले बगलामुखी देवीको स्तुति गरेर त्यहाँ बगलामुखी उत्पत्ति भई राक्षसलाई हरएको हुनाले स्थानीयहरुले यिनको सम्मानमा यो मन्दिर स्थापना गरी पूजाआजा गर्न सुरु गरेको मानिन्छ ।

     

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer