काठमाडौं । अल्छी नै मानिसको प्रगतिको बाधक हो। र, यही मानिसको सबैभन्दा ठूलो दुश्मन पनि।
आजको काम भोलिलाई साँच्नु पनि अल्छीकै परिचायक हो। अल्छीका बहाना अनेक हुन्छन् भनिन्छ। यसले आफ्नो स्वास्थ्य, सम्बन्ध र व्यक्तिगत उन्नयनमा ठूलो बाधा उत्पन्न गराउँछ।
भारतको उदाहरण हेरौं। ग्लोबल हेल्थ जर्नल ‘द लान्सेन्ट’मा प्रकाशित रिपोर्टअनुसार त्यहाँको आधा जनसंख्याले आफ्नो दिनचर्यामा पर्याप्त शारीरिक गतिविधि गर्दैन। र, त्यसमा महिलाको संख्या त ५७ प्रतिशत छ।
भारतका पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक एपीजे अब्दुल कलामले भनेका थिए, ‘प्रतीक्षा गर्नेहरूलाई त्यति मात्र प्राप्त हुन्छ, जति कोशिस गर्नेहरूले छाडेर गएका हुन्छन्।’
किन लाग्छ अल्छी ?
– जीवनमा अनुशासनको अभाव हुनु
– आत्मविश्वास कम हुनु
– आसपास कुनै मोटिभेसेनको वातावरण नहुनु
– निन्द्राको कमी, ठीकसँग सुत्न नपाउनु
– जरुरी काम तत्काल सम्पन्न नगरी टार्ने बानी हुनु
– शरीरले पर्याप्त सन्तुलित खाना नपाउनु, पोषक तत्वको कमी हुनु
– जीवनप्रति दायित्वबोध र गम्भीरताको अभाव हुनु
– तनाव, डिप्रेसनजस्ता समस्याले सताउनु
वर्कप्लेसमा अल्छीको नकारात्मक असर
– सहकर्मी र म्यानेजरसँग सम्बन्ध खराब
– अफिसमा कुनै ठूलो प्रोजेक्ट प्राप्त नहुनु
– बारम्बार कामको डेडलाइन मिस हुनु
– कामलाई लिएर तनाव बढ्नु
– वर्क उत्पादनशीलता कमजोर हुनु
– एक सहकर्मीको अल्छीका कारण अर्कोमाथि बोझ थपिनु
– इन्क्रिमेन्ट र पदोन्नतिमा असर पर्नु
– अन्तिममा नोकरीबाट निकालिनु
कसरी भगाउने अल्छी ?
– अल्छी भगाउन सबैभन्दा पहिले जीवनशैलीमा परिवर्तन जरुरी छ
– राम्रो र स्वस्थ निन्द्रा अनि पर्याप्त निन्द्रा लिऊँ
– दैनिक शारीरिक व्यायाम गरौं
– अफिस र घर दुवैतिर काम टार्ने बानी तत्काल हटाऊँ
– स्केचिङ, पेन्टिङलगायत कुनै सिर्जनशील गतिविधि गरौं
– किताब पढ्ने बानी बसालौं
– दैनिक बिहान उठेर त्यस दिन गर्ने कामहरूको सूची बनाऊँ
– हरेक साना सफलताका लागि आफैंलाई धन्यवाद दिऊँ
– उत्पादनशीलता गणना गरौं। र, टु डु लिस्टमा साँझ लेखौं- त्यस दिन तय भएका कति काम पूरा भए।(सामाजिक संजाल)




