• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २२, २०८३
☰
सोमबार, असार २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ४. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले औंल्यायो, काठमाडौं उपत्यकाको तीव्र सहरीकरणमा भविष्यका चुनौतीहरू


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले “काठमाडौं उपत्यकामा सहरीकरण, भौगोलिकता र सामाजिक संवेदनशीलता: दिगो शहरी विकासका लागि नीतिगत सुझावहरू” शीर्षकमा अनुसन्धान परियोजनाको अन्तिम प्रसार कार्यक्रम ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा समापन गरेको छ। त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयको सहयोगमा ‘राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान कार्यक्रम’ अन्तर्गत उक्त परियोजना उत्कृष्ट अनुसन्धान अनुदान अन्तर्गत २०७७/७८ मा छनोट भएको थियो।

    Advertisement

    सो अनुसन्धानको मुख्य अनुसन्धानकर्ता भूगोल केन्द्रीय विभागका सह-प्राध्यापक डा. शोभा श्रेष्ठ र सह अनुसन्धानकर्ताहरूमा प्राध्यापक डा. प्रेम सागर चापागाईं, प्राध्यापक डा. केदार दाहाल र डा. नरेन्द्र राज पौड्याल हुनुहुन्थ्यो।

    कार्यक्रमको सभापतित्व भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलले गर्नु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेश प्रसाद सिंह, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. दुबिनन्द ढकाल, त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र बहादुर राई, त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइराला, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, भूगोल केन्द्रीय विभागला पूर्व विभागीय प्रमुखहरु प्रा.डा. भीम प्रसाद सुवेदी, प्रा.डा. पद्चमन्द्र पौड्याल र प्रा.डा. नरेन्द्रराज खनालसहित अन्य प्राध्यापक, अनुसन्धानकर्ताहरू, उपत्यकाका १८ नगरपालिका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन भूगोल केन्द्रीय विभागका प्राध्यापक डा. केदार दाहालले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्राध्यापक डा. प्रेम सागर चापागाईंले दिनुभएको थियो। कार्यक्रममा अनुसन्धानको विस्तृत प्रस्तुति मुख्य अनुसन्धानकर्ता सह-प्राध्यापक डा. शोभा श्रेष्ठले दिनुभएको थियो।

    अनुसन्धानले काठमाडौं उपत्यकाको सहरी क्षेत्रको तीव्र वृद्धि र यसको प्रभावलाई उजागर गरेको छ। २००१ मा उपत्यकामा कुल निर्माण क्षेत्र ९% रहेकोमा, २०२१ सम्ममा यो ३४.६% पुगेको छ। नगरस्तरमा गोदावरीले सबैभन्दा बढी (१५.१ वर्गकिलोमिटर) र भक्तपुरले सबैभन्दा कम (१.६ वर्गकिलोमिटर) वृद्धि देखाएको छ। विशेष गरी गोकर्णेश्वर, सूर्यविनायक, तारकेश्वर, चाँगुनारायण, कागेश्वरी–मनोहरा, र महालक्ष्मी नगरपालिकाहरूमा भवन निर्माण तीव्र गतिमा फैलिएको पाइएको छ।

    २०११ देखि २०२१ सम्मको जनसंख्या वृद्धि दर र स्थानान्तरणबीचको सम्बन्धको सहसंबन्ध गुणांक ०.६०३ देखिएको छ, जसले सांख्यिकीय रूपमा महत्वपूर्ण सम्बन्ध देखाउँछ। अध्ययनले उपत्यकाको सहरी क्षेत्र विस्तारमा २०३१ सम्म ४०% (२७७.८ वर्गकिलोमिटर) र २०५१ सम्म ६७% (४७० वर्गकिलोमिटर) वृद्धि हुने अनुमान गरेको छ, जसले कृषि भूमिलाई ठूलो असर पुर्याउनेछ। चाँगुनारायण र गोदावरी नगरपालिकामा कृषि–निर्माण रूपान्तरण उच्च रहने देखिएको छ।

    विभिन्न नगरपालिकाको संवेदनशीलता विश्लेषण गर्दा, काठमाडौंले सबैभन्दा कम संवेदनशीलता देखाएको छ भने शङ्खरापुर सबैभन्दा बढी संवेदनशील नगरपालिका देखिएको छ। सूचक–आधारित विश्लेषणमा, कीर्तिपुरले जनसांख्यिकीय संवेदनशीलतामा न्यून र गोकर्णेश्वरले उच्च संवेदनशीलता देखाएको छ। आवास र निर्मित वातावरणको सन्दर्भमा भक्तपुर सबैभन्दा संवेदनशील देखिएको छ भने काठमाडौं र ललितपुर आर्थिक र क्षमता सूचकहरूमा कम संवेदनशील देखिएका छन्।

    बसाइँसराइका कारणहरूमा, ४९% मानिसले शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण, ४०% ले जीविकोपार्जनका अवसर सीमित भएका कारण, र २% ले आफन्तको प्रभावमा उपत्यकामा सरेको बताएका छन्।

    अनुसन्धानले उपत्यकामा बढ्दो सहरीकरण र अव्यवस्थित वृद्धि, नदी प्रदूषण, अनियमित बस्ती, अपर्याप्त पूर्वाधार, र ट्राफिक जामजस्ता समस्या पहिचान गर्दै, यी समस्याहरूको समाधानका लागि प्रभावकारी नीति र समन्वयको आवश्यकता औंल्याएको छ। विशेष रूपमा, निर्माण कार्यले प्राकृतिक भू–परिवेशलाई ध्यान दिनुपर्ने र समुदायको सहभागितामा नदी संरक्षण तथा आधारभूत पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिइएको छ। यस प्रतिवेदनले काठमाडौं उपत्यकाको दिगो शहरी विकासका लागि रणनीतिक योजना र हस्तक्षेपको खाँचो रहेको उल्लेख गरेको छ, जसले सहरीकरणको चुनौतीलाई व्यवस्थित रूपमा समाधान गर्न मदत पुर्याउनेछ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य माननीय रमेश प्रसाद सिंह, भूगोलविद प्रा.डा. भीम प्रसाद सुवेदी, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइरालालगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो।

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer