काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा पश्चिमी वायुको सामान्य प्रभाव छ। बाँकी प्रदेशहरूमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशीको पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।




