काठमाडौं । आजको समयमा मोटोपना तीव्र गतिमा बढिरहेको छ। अधिकांश मानिस मोटो बन्दै गएका छन्। मानिसहरू तौल घटाउन धेरै उपाय अपनाउने गर्छन्। तर, तौल घटाउनु निकै गाह्रो काम हो, जसका कारण धेरै समस्याको सामना गर्नुपर्छ।
तौल बढ्ने कारणले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्छ। तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। यदि तौल घटाउन चाहनुहुन्छ भने केही फलफूलको सेवन गरेर बढ्दो तौल घटाउन सकिन्छ। जानौं तौल घटाउन मद्दत गर्ने ती फलहरू।
सुन्तला
सुन्तलाको सेवन तौल घटाउनका लागि निकै फाइदाजनक मानिन्छ। सुन्तलामा धेरै कम क्यालोरी हुन्छ र यसमा भिटामिन सी र फाइबर प्रशस्त हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ। त्यसैले तौल घटाउन चाहनुहुन्छ भने सुन्तला अवश्य खानुहोस्।
स्याउ
स्याउको सेवन पनि तौल घटाउन निकै फाइदाजनक मानिन्छ। स्याउमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ र फाइबरको मात्रा धेरै हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ। त्यसैले यदि तपाईं पनि तौल घटाउन चाहनुहुन्छ भने स्याउ खानुहोस्।
स्ट्रबेरी
स्ट्रबेरीमा फाइबर प्रचुर मात्रामा पाइन्छ। जसका कारण लामो समयसम्म पेट भरिएको महशुस हुन्छ र भोक पनि कम हुन्छ। जसले तौल घटाउन मद्दत गर्छ।




