काठमाडौं । आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकीका पहाडमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।
आज दिउँसो सबै प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।




