• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भौतिक पूर्वाधारको अभावमा कोल्टी अस्पताल


  •   बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा छ ।

    Advertisement

    यहाँका स्थानीयको माग अनुसार २०८० सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको हो ।

    अस्पताललाई चाहिने आवश्यक भौतिक पूर्वाधार नहुँदा यहाँ आउने बिरामीलाई सेवा प्रवाहमा निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

    यहाँ आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालका चिकित्सक सन्जित शाहले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दुर्गम ठाउँका स्थानीयलाई सेवा दिने गरी यहाँ आधारभूत अस्पताल सञ्चालन भए पनि सोही अनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको छ ।”

    अस्पतालमा स्वास्थ्य सामग्रीको व्यवस्थापन नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्रै रिफर गर्नुपरेको चिकित्सक शाह बताउनुहुन्छ ।

    पहिला स्वास्थ्य चौकीको रुपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै गत वर्षदेखि कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा आएको हो ।

    दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव छ ।
    बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा, मुगु, जुम्ला र हुम्लाबाट बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।

    २०८० सालमा कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेपनि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बुढीनन्दा नगरपालिकाका बिरामीहरुलाई मात्र उपचार गर्न सहज भए पनि अन्य पालिका र मुगु, हुम्लाबाट पनि बिरामी धेरै आउने गरेकाले उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।’’

    कोल्टी आधारभूत अस्पताल तीन जिल्लाका स्थानीयहरुको आशा र भरोसाको केन्द्र भएकाले यसलाई चाँडै अस्पतालको रुपमा विस्तार गरी चाहिने आश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थाका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको चिकित्सक शाहीको भनाइ छ ।(गोरखापत्र)

    बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer