• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडक मर्मत भएसँगै आवतजावत सहज बन्दै


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ ।

    Advertisement

    यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता आएको छ । बाजुराको इकडीगाडदेखि मार्तडीसम्मको झन्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो तर समयमा स्तरोन्नति नहुँदा सडकको अवस्था कमजोर बनेको थियो । डिभिजन कार्यालयले त्यसमध्येको १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको जनाएको छ ।

    अविरल वर्षाका कारण सडक बिग्रिँदै गएकाले त्यसलाई बलियो पार्ने गरी सडकलाई कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा भएको खाल्टाखुल्टीले आवतजावतमा समस्या हुँदै आएको थियो । अहिले सबै खाल्टाखुल्टी पुर्ने गरी कालेपत्रेको काम गरेपछि सहज भएको छ ।”

    बार्जुगाडदेखि मार्तडीसम्मको झन्डै २७ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा कालोपत्रे काम पूरा भएको गिरीले बताउनुभयो । साँफेमार्तडी सडक कालोपत्रे भएको झन्डै १० वर्षपछि अहिले पुनः त्यसलाई कालोपत्रे गर्ने काम भएको हो । सडकको बिचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारीसाधन चलाउन निकै सास्ती हुँदै आएको छ । बुढीगङ्गा नगरपालिका–२, ताँप्री सेरा, अम्कोट, बल्देलगायतका अधिकांश ठाउँमा बर्सातमा गएको पहिरोले सडक भत्केको थियो । ती ठाउँमा कालोपत्रे गर्ने काम समयमा हुन नसक्दा यात्रीले कष्टकर यात्रा गर्दै आउनु परेको थियो । त्यस सडकखण्डमा हिउँदमा केही महिना गाडी चल्ने र बर्सातमा फेरि गाडी रोकिँदै आउने गरेका छन् । यस सडकको ल्याब परीक्षण गर्नका लागि सडक विभागको केन्द्रीय टोलीसमेत यो ठाउँमा पुगेको थियो ।

    अविरल बर्सातका कारण साँफे मार्तडी सडकको बिचमा पर्ने बार्जुगाड ताँप्री सेरा बल्दे अम्कोट, पानीनाउँलालगायतका धेरै ठाउँको सडकमा पहिरो गएको छ । पहिरो पन्छ्याएर सडक मर्मत गर्न ठुलो बजेटको खाँचो छ । यसका लागि रकम नआएकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो कार्यालयमा प्रायः धेरै कार्यालय प्रमुख नै बस्न मान्दैनन् । उनीहरू केही दिनयता आउने र त्यसपछि तुरुन्तै अर्को ठाउँमा जाने गर्छन् । पाँच जना इन्जिनियरको कोटा भएको यहाँ अहिले म एक मात्र छु ।” गत वर्षमा साँफे–मार्तडी सडकको आवधिक मर्मतका लागि केही रकम आएकाले यतिबेला त्यो रकमले झन्डै १६ किलोमिटर त्यो सडकको आवधिक मर्मत गर्ने काम भएको प्रमुख देवकोटाले बताउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer