काठमाडौं । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ।
Advertisement
इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु पर्ने भएकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ।




