• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चारवटा भैँसी भए पशुघर निर्माणका लागी अनुदान पाइने


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर (गोठ) निर्माण गर्न अनुदान पाउने भएका छन् ।

    Advertisement

    मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए ।

    बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन् । यो समस्या हल गर्न गाउँपालिकाले चारवटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

    मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्याउने गाउँपालिकाले अपेक्षा लिएको छ । चारवटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताए ।

    बारेकोटमा पशुपालन बढी हुने गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने शर्त छ ।

    पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ ।

    गाउँपालिकाले पशु चौपाया बिरामी भए उपचार गर्न रु १२ लाख विनियोजन गरेको छ । पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ ।

    विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विशेष योजना बनाएको छ । गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो ।

    एक वडा, एक प्राविधिक कार्यक्रम लागू गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि रु ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताए ।

    जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो । नलगाड नदी किनारमा यहाँ बस्ती छन् । नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ । वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन् ।

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer