काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले जनधनको क्षति बेहोर्नुपरेको दुःखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
Advertisement
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितको उद्धार र पुनस्र्थापना कार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाका रूपमा सहभागिता जनाउँदै आएको जनाएको छ ।




