• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २२, २०८३
☰
सोमबार, असार २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ४. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

न्याय बिग्रिए सुधार्ने कसले, कास्की अदालतमा गयल प्रकरणबारे प्रधानन्यायाधीशको चासो


  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सात जना न्यायाधीश कार्यरत रहेको कास्की जिल्ला अदालतमा शुक्रबार २ बजेसम्म एक जना पनि न्यायाधीश नभएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गम्भीर रुपमा लिएका छन्। उनले शनिबार बिहानै न्याय परिषद्का सचिव यमबहादुर बुढालाई यसबारे बुझेर प्रतिवेदन दिन भनेका छन्। प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष पनि हुन्।

    Advertisement

    शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ अनुमति लिन कास्की प्रहरीको टोली अदालत पुग्दा त्यहाँ कुनै पनि न्यायाधीश थिएनन्। अदालतले पेसी सूची पनि प्रकाशित गरेको थिएन। २ बजेपछि मात्र न्यायाधीश कृष्णजंग शाह अदालत पुगेका थिए। त्यसपछि उनले नै रविलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएका थिए।

    प्रधानन्यायाधीश राउतको निर्देशनपछि न्याय परिषद सचिव बुढाले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई टेलिफोन गरी आवश्यक जानकारी लिएका छन्। त्यस्तै शुक्रबार २ बजेपछि मात्र उपस्थित भएर पक्राउ अनुमति दिने न्यायाधीश शाहसँग पनि उनले टेलिफोनबाटै सोधपुछ गरेका छन्। यस्तै मुख्य न्यायाधीश बागचन्दले पोखरा उच्च अदालतका रजिस्ट्रारमार्फत पनि बुझेर न्याय परिषद्लाई वस्तुस्थितिबारे जानकारी गराएका छन्।

    प्रधानन्यायाधीशनिकट स्रोतका अनुसार, न्याय परिषद् सचिवले दिने प्रतिवेदनका आधारमा उनले आवश्यक कदम चाल्न सक्नेछन्।

    प्रधानन्यायाधीशकहाँ प्राप्त प्रारम्भिक जानकारीअनुसार, कास्की अदालत शुक्रबार अबेरसम्म न्यायाधीशविहीन हुनुमा सबैभन्दा ठूलो लापरवाही १ नं न्यायाधीश नवराज दाहालको देखिएको छ। उनले आन्तरिक व्यवस्थापन राम्रोसँग नगरेको र मुख्य न्यायाधीशसँग पनि समन्वय नगरेको पाइएको छ। वैकल्पिक व्यवस्थापन नगरी आफू पनि आफ्नो कार्यालय तथा तालुक निकायबाट सम्पर्कविहीन बसेको देखिन्छ।

    प्रधानन्यायाधीशनिकट स्रोतअनुसार, दाहाल निकै अटेरी र कसैलाई नगन्ने स्वभावका छन्। उनले दिनुपर्ने जानकारी माथिल्ला तहमा नदिने गरेको पाइएको छ। ‘क्याडर जज हुँ भन्ने (कर्मचारी पृष्ठभूमि) र विदेश पढेर आएको अहं भएका कारण उनले प्रशासनिक एवं व्यवस्थापकीय विषयमा पनि कसैलाई कुनै जानकारी दिनु आवश्यक ठान्दैनन् भन्ने जानकारी प्राप्त भएको छ,’ प्रधानन्यायाधीशनिकट सर्वोच्च अदालतका एक अधिकारी भन्छन्, ‘फेरि मुख्य न्यायाधीश र प्रधानन्यायाधीश कानुन व्यवसायी पृष्ठभूमिका पर्नुभयो।’

    हालसम्म प्राप्त विवरणअनुसार, न्यायाधीश कृष्णजंग शाहले घटस्थापनाभन्दा एक हप्ताअघि नै उपचारका लागि भारत जानुपर्ने भनी बिदा स्वीकृत गराएर बिदामा बसेका थिए। उनी शुक्रबार कार्यालय फर्किन सक्छन् भन्ने यकिन पनि थिएन। उनी अझै बिदा बस्न चाहेका थिए। तर अदालत नै न्यायाधीशविहीन हुने अवस्था आएपछि आफ्नै हिसाबले शुक्रबार जसरी पनि कार्यालय पुग्नुपर्छ भनी काम गरेको देखियो। उनले नेपालगन्जबाट १०ः४० को हवाई टिकट काटेको भए पनि २ बजे मात्र अदालत पुगेका थिए। उनले शुक्रबार साँझ साढे ४ बजेसम्म कार्यालयमा बसी धेरैवटा म्याद थप र पक्राउ अनुमतिसम्बन्धी आदेश गरेका थिए।

    २ नं न्यायाधीश हिमलाल बेल्बासे भने प्रधानन्यायाधीश राउतसँगै बिदा मागेर तीन महिनाका लागि अमेरिका गएका छन्। उनी कास्की सरुवा भएपछि एक दिन पनि कार्यालय टेकेका छैनन्।

    बाँकी न्यायाधीशहरु शुक्रबार बिहान १० बजे कार्यालय पुग्नैपर्ने भए पनि ढुक्कसँग बिदा मनाएर बसेको भेटिएको छ। १ नं न्यायाधीश दाहालले को कहिलेसम्म बिदामा छन् भन्ने जानकारी नगराएको र अड्डा खाली हुन नदिन कार्यतालिका पनि नमिलाएको कारण हालसम्मको विवरणले उनलाई मुख्य दोषी देखाएको छ।

    अदालतहरुमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दसैँ बिदा मनाउने गरिन्छ। देशभरका अड्डा–अदालत कात्तिक बिहीबार नै खुले पनि गण्डकी प्रदेशले बिहीबार अतिरिक्त बिदा दिएको थियो। कास्कीका देशभरका अरु न्यायाधीशभन्दा एक दिन बढी बिदा मनाइसकेका थिए। तर त्यतिले नपुगेर उनीहरु शुक्रबारसमेत बिनाजानकारी कार्यालय उपस्थित नभएको देखियो।

    कास्की जिल्ला अदालतमा एक नम्बर न्यायाधीश नवराज दाहालका अलावा न्यायाधीशहरू हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नीतिज राई कास्कीमा कार्यरत छन्।

    स्रोतका अनुसार घटनाबारे जानकारी दिन कास्की अदालतबाट आइतबारसम्म विज्ञप्ति प्रकाशनको तयारी पनि भइरहेको छ। (नेपाल खवर)

    आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer