• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतको एकपछि अर्को पोल खोल्दै क्यानाडा


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । खालिस्तान टाइगर फोर्सका नेता हरदीप सिंह निज्जरको क्यानाडामा गोली हानी हत्या भएको १६ महिना बितिसकेको छ। तर, क्यानाडा-भारतबीचको कूटनीतिक तनाव घट्नुको साटो झनझन गहिरिएको छ। हत्यामा भारतीय अधिकारीहरूको प्रत्यक्ष संलग्‍नता रहेको क्यानाडाले पुनः दाबी गरेको छ। भारतले क्यानाडाको आरोप खारेज गरेको छ।

    Advertisement

    १४ अक्टोबरमा रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी)का आयुक्त माइक डुहेमले भारत सरकारका एजेन्टहरूले क्यानाडामा गरेका आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गरेका थिए। क्यानाडाका सम्बन्धित निकायले सफलतापूर्वक गरेको अनुसन्धानमा हत्या, हिंसाजन्य आपराधिक कार्यहरूमा उनीहरूको संलग्‍नता रहेको आरोप लगाउँदै क्यानेडेली नागरिकको सुरक्षामा चुनौती दिएको आरोप लगाएका थिए।

    आरसीएमपी आयुक्तको आरोपलगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गर्दै भारत सरकारका ६ जना एजेन्टहरू क्यानाडामा आपराधिक गतिविधिमा संलग्‍न भएको प्रमाणहरू फेला पारेको दाबी गरेका थिए। उनले भारतीय उच्चायुक्त सञ्‍जयकुमार बर्मासहितका ती एजेन्टहरूलाई देश निकाला गर्ने निर्णय सुनाउँदै भारत सरकारलाई अनुसन्धानबाट प्राप्त प्रमाणहरू पेश गर्दा पनि बेवास्ता गरेको आरोप लगाएका थिए।

    उनले भनेका छन्, ‘यी ६ जनालाई देश निकाला गर्न सूचना जारी गरिएको छ। उनीहरूले अब क्यानाडामा कूटनीतिज्ञको रूपमा काम गर्न नपाउने मात्र होइन, अब क्यानाडामा प्रवेशसमेत गर्न पाउने छैनन। भारतले अनुसन्धानमा सहयोग नगरेपछि विदेशमन्त्री मेलानी जोलीसँग ती एजेन्टहरूलाई देश निकाला गर्नुको विकल्प थिएन। म यो स्पष्‍ट गर्न चाहन्छु कि आरसीएमपीद्वारा प्रदान गरिएको प्रमाणलाई बेवास्ता गर्न सकिँदैन।’

    क्यानाडाले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि ६ क्यानेडेली कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्विलर, उप उच्चायुक्त प्याट्रिक हेबर्ट फर्स्ट सेक्रेटरी मेरी क्याथरिन जोली, इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला ओर्जुएलालाई देश निकाला गर्ने निर्णय गरेको छ। विदेश मन्त्रालयले उनीहरूलाई १९ अक्टोबर मध्यरातसम्म भारत छोडिसक्न निर्देशन दिएको छ।

    भारत-क्यानाडाबीचको क्रिया-प्रतिक्रियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध जटिल अवस्थामा पुगेको विश्लेषण हुन थालेका छन्। दुवै देशका मिडियामा यस प्रकरणले स्थान पाएको छ। उनीहरूले क्यानाडा-भारत कूटनीतिक सम्बन्ध इतिहासकै कमजोर अवस्थामा पुगेको उल्लेख गरेका छन्।

    यस्तो छ आरोप-प्रत्यारोपको शृंखला

    १८ जुन २०२३ मा क्यानाडाको सर्रेस्थित गुरुनानक गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या भएको थियो। आक्रमणकारीहरू निज्जरको हत्यापछि फरार भएका थिए। हत्याकाण्डको ११ महिनापछि क्यानाडा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको थियो। घटनाको अनुसन्धानका क्रममा भारत सरकारको प्रत्यक्ष संलग्‍नता रहेको एकपछि अर्को पोल खुल्दै गएपछि भारत-क्यानाडा सम्बन्धमा दरार बढ्दै गएको छ।

    रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी)ले गत मेमा २२ वर्षका अमनदीप सिंह, करण बरार, कमलप्रीत सिंह र २८ वर्षका करनप्रित सिंहलाई पक्राउ गरेको थियो। उनीहरू निज्जरको हत्यामा संलग्‍न समूहका सदस्य भएको क्यानाडाको प्रहरीले दाबी गरेको छ।

    १८ सेप्टेम्बर २०२३ मा ट्रुडोले क्यानाडाको संसद हाउस अफ कमन्समा निज्जरको हत्यामा भारत सरकारको संलग्‍नता रहेको खुलासा गरेका थिए। उक्त आरोपपछि भारत सरकार ट्रुडो सरकारसँग नराम्रोसँग चिढिएको थियो। भारतको विदेश मन्त्रालयले ट्रुडोको बयानको खण्डन गर्दै हत्यामा भारतको संलग्‍नता नभएको र त्यो क्यानाडाको आन्तरिक मामिला भएको बताएको थियो। उसले क्यानाडालाई भारतविरोधी तत्त्वलाई निरन्तर संरक्षण प्रदान गरेको आरोप लगाउँदै आएको छ।

    हत्यामा संलग्‍नता रहेको आरोप लगाउँदै क्यानाडाले अक्टोबरमा भारतीय उच्च कूटनीतिज्ञहरूलाई देश निकाला गरेको थियो। भारतले जवाफमा ४१ क्यानेडेली कूटनीतिज्ञहरूको भिसा खारेज गरिदिएको थियो। जसकारण दूतावासका करिब दुई तिहाइ कर्मचारीहरू भारत छोड्न बाध्य भएका थिए। भारतले क्यानेडेली नागरिकलाई समेत भिसा दिन बन्द गरेको थियो।

    निज्जर हत्या मामिलामा भारतीय कूटनीतिज्ञको प्रत्यक्ष संलग्‍नताको आरोप लगाइरहेको क्यानाडाले १४ अक्टोबरमा ती अधिकारीहरू क्यानाडामा बसेर क्यानेडेली नागरिकविरुद्ध थुप्रै आपराधिक गतिविधिमा संलग्‍न रहेको प्रमाण फेला परेको दाबी गरेको छ।

    अनुसन्धानका क्रममा भारतीय कूटनीतिज्ञहरूको संलग्‍नता देखिएपछि क्यानाडाको सरकारले उनीहरूको नाम नै उल्लेख गरेर भारत सरकारलाई जानकारी गराएको थियो। तर, भारत सरकारले अनुसन्धानमा सहयोग नगरेको भन्दै क्यानाडाले असन्तुष्‍टि जनाएको थियो।

    के भन्छ क्यानाडा ?

    भारतले क्यानाडाले हालसम्म निज्जरको हत्यामा भारत सरकारको हात भएको पुष्‍टि गर्ने प्रमाण प्रस्तुत गर्न नसकेको दाबी गरेको थियो। १४ अक्टोबरमा क्यानाडाको प्रहरीले भारतीय उच्चायुक्त सञ्‍जयकुमार बर्मासहित ६ जना एजेन्टहरू क्यानाडामा आपराधिक क्रियाकलापमा संलग्‍न रहेको दाबी गरेपछि भारत-क्यानाडा सम्बन्ध दुई देशबीचको तनाव झन बढेको छ।

    भारतस्थित क्यानाडाका उच्चायुक्त कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्विलरले १४ अक्टोबरमा भारतले क्यानाडासँग लामो समयदेखि प्रमाणहरू मागिरहेको अवस्थामा क्यानाडाले आफ्नो नागरिकको हत्यामा भारतीय एजेन्टको संलग्‍नता भएको ठोस प्रमाण दिएको बताएका छन्। उनले क्यानाडाले भारतको माग पूरा गरिदिएकोले अब कारवाही गर्ने पालो भारतको भएकाले क्यानाडा सहयोगका लागि तयार रहेको बताएका छन्।

    भन्छन्, ‘क्यानाडाको भूमिमा क्यानेडेली नागरिकको हत्यामा भारतीय एजेन्ट र उनको भारत सरकारसँगको सम्बन्धका बारेमा ठोस प्रमाण बुझाएको छ। अब यसमा कारवाही गर्ने पालो भारतको हो। यो दुवै देश र जनताको हितमा हुनेछ। क्यानाडा यस मामिलामा सहयोग गर्न तयार छ।’

    प्रधानमन्त्री ट्रुडोले भारतीय सरकारी एजेन्टहरूले क्यानाडाको सार्वजनिक सुरक्षालाई खतरामा पार्न भूमिका खेलेको प्रमाण रहेको भन्दै भारतको गतिविधि अस्वीकार्य भएको बताएका छन्। भन्छन्, ‘क्यानाडा-भारतबीच जनता-जनताको सम्बन्ध, व्यापार र वाणिज्यको लामो इतिहास छ। भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा सम्मान गर्छौं। र, हामी पनि भारतबाट सोही अपेक्षा गर्छौं। तर, अहिले जे भइरहेको छ हामी त्यो सहन सक्दैनौं।’

    उनले क्यानाडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई उनीहरूको एजेन्टको आपराधिक गतिविधिको प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको दाबी गरेका छन्। ट्रुडोले भारत सरकारलाई अनुसन्धानमा सामेल हुन र भ्रामक बयानबाजीको अन्त्य गर्न चेतावनीसमेत दिएका छन्। तर, भारतले आरोप अस्वीकार गर्दै अनुसन्धानमा सघाउन नसक्ने बताइसकेको छ।

    के भन्छ भारत ?

    भारतले प्रधानमन्त्री ट्रुडोको दाबीलाई खण्डन गर्दै उनको आरोप राजनीतिबाट प्रेरित रहेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले क्यानाडामा अर्को वर्ष हुने निर्वाचनमा ट्रुडोले क्यानाडामा रहेका खालिस्तानी समर्थकहरूको भोटका लागि भारतविरुद्धका गतिविधि गरिरहेको आरोप लगाएको छ।

    क्यानाडाले भारतसँग साझा गरेको ‘कूटनीतिक सञ्‍चार’मा क्यानाडाका लागि भारतका उच्चायुक्त सञ्‍जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्‍न भएको आरोप लगाइएको थियो। भारतले क्यानाडाको ‘कूटनीतिक सञ्‍चार’लाई पूर्ण रूपमा अस्वीकार गर्दै ‘बेतुकको आरोप’ भएको कडा प्रतिक्रिया दिएको छ।

    यस्तै, क्यानाडाले देश निकाला गरेका आफ्ना कूटनीतिज्ञहरूलाई क्यानाडाको सरकारप्रति विश्‍वास नभएकाले आफैंले फिर्ता बोलाएको भारतले दाबी गरेको छ। १४ अक्टोबर साँझ विदेश मन्त्रालयले बयान जारी गर्दै ट्रुडो सरकारको व्यवहारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरा बढेको आरोप लगाएको थियो।

    मन्त्रालयले भनेको छ, ‘अहिलेको सरकारप्रति हाम्रो विश्‍वास छैन। त्यसकारण सरकारले क्यानाडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। हामीले क्यानाडालाई जवाफ दिएका छौं- ट्रुडो सरकारले भारतविरुद्ध जसरी पृथकतावादीलाई समर्थन गरिरहेको छ, त्यसको जवाफ दिने अधिकार भारतसँग छ।’

    क्यानाडामा आगामी अक्टोबर २०२५ भित्र निर्वाचन सम्पन्‍न हुने अपेक्षा गरिएको छ। निर्वाचनमा ट्रुडोको हार हुने प्रबल सम्भावना रहेकाले नयाँ बन्‍ने सरकारसँग मात्र भारतले सम्बन्ध सुधारको प्रयास गर्ने भारतीय सञ्‍चार माध्यममा बहस हुन थालेको छ। अर्थात्, भारत सरकार तत्काल ट्रुडो सरकारसँग झुक्ने पक्षमा छैन।

    के भन्छन् शक्ति राष्‍ट्रहरू ?

    भारत-क्यानाडा कूटनीतिक तनाव बढिरहेका बेला ‘फाइभ आइज’मा आबद्ध देशहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन्। अमेरिकाले क्यानाडाको पक्ष लिँदै निज्जर हत्या प्रकरणमा आफूमाथि लागेको आरोपलाई भारतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएको छ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले १५ अक्टोबरमा भारतविरुद्ध क्यानाडाले लगाएको आरोप निकै गम्भीर रहेको बताएका छन्। भन्छन्, ‘हामी भारत सरकारले क्यानाडासँगै अनुसन्धानमा सहयोग गरोस् भन्‍ने चाहन्छौँ। तर, उसले त्यस्तो गरेको छैन। भारतले वैकल्पिक बाटो रोजेको छ।’

    बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले ‘कानूनको शासन’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। १४ अक्टोबरमा प्रधानमन्त्री ट्रुडोले प्रधानमन्त्री स्टार्मरलाई टेलिफोन गर्दै समर्थन खोजेका थिए। बेलायतले जारी गरेको विज्ञप्तिमा निज्जर हत्या प्रकरणको छानविन टुंगो नलाग्दासम्म दुवै देशका सरकार प्रमुखहरू निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता भएको जनाइएको छ।

    न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सले क्यानाडासँग दक्षिण एसियाली समुदायका मानिहरूविरुद्धको भएको हिंसाको बारेमा जारी अनुसन्धानको बारेमा कुराकानी भएको बताएका छन्। उनले सामाजिक सञ्‍जाल एक्समार्फत न्युजिल्यान्ड विदेशमा भइरहेको आपराधिक घटनाको जाँचबारे टिप्पणी नगर्ने तर क्यानाडाले लगाएको आरोपहरू प्रमाणित भए अत्यन्त चिन्ताजनक हुने बताएका छन्।

    भन्छन्, ‘यदि क्यानेडेली कानून प्रबर्तन एजेन्सीहरूले सार्वजनिक रूपमा उल्लेख गरेका कथित आपराधिक गतिविधिहरू प्रमाणित भएमा यो अत्यन्त चिन्ताजनक हुनेछ। हामी न्युजिल्यान्ड वा विदेशमा चलिरहेको आपराधिक अनुसन्धानमा कानून र न्यायिक प्रक्रियाको सम्मान गर्छौं, टिप्पणी गर्दैनौं।’

    अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार मन्त्रालयले क्यानाडामा निज्जरको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे आफ्नो धारणा व्यक्त गरेको छ। उसले क्यानाडाको सार्वभौमसत्तामा बाह्य हस्तक्षेप हुन नहुने आशय व्यक्त गरेको छ।

    मन्त्रालयले एक्समार्फत भनेको छ, ‘हाम्रो सिद्धान्त सबै देशको सार्वभौम कानून नियमलाई सम्मान हुनुपर्छ भन्‍ने हो।’

    फाइभ आइज एलायन्समा अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड सदस्य छन्। यो गठबन्धन यी देशहरूबीच गुप्तचर जानकारी साझा गर्ने सम्झौता हो।

    वासिङ्टन पोस्टको रिपोर्टअनुसार गत वर्ष निज्जरको हत्यापछि ‘फाइभ आइज’ गठबन्धनले सार्वजनिक निन्दा र साझा बयान जारी गर्न अस्वीकार गरेको थियो। अहिले क्यानेडेली सुरक्षा निकायको अनुसन्धानपछि गठबन्धनका राष्‍ट्रहरूले आफ्नो धारणा व्यक्त गरेका हुन्।

    भारतीय गुप्तचरको कनेक्सन बिश्नोई समूहसँग !

    भारतीय गुप्तचर निकायहरूको कनेक्सन भारतीय आपराधिक समूह बिश्नोईसँग रहेको क्यानडेली सञ्‍चार माध्यमले दाबी गरेका छन्। उनीहरूका अनुसार आरसीएमपीको अनुसन्धानका क्रममा भारतीय कूटनीतिक अधिकारीहरूले क्यानाडामा संकलन गरेका जानकारीहरू गुप्तचर निकायहरूमार्फत भारतमा आपराधिक गतिविधिमा संलग्‍न हिन्दू अतिवादी समूहसम्म पुग्‍ने गरेको छ।

    क्यानेडेली अनलाइन न्युज साइट टोरन्टो स्टारले सूत्रको हवाला दिँदै लेखेको छ, ‘आरसीएमपीले क्यानाडाका धेरै शहरहरूमा छुट्टाछुट्टै अनुसन्धानको क्रममा भारतीय कूटनीतिक र कन्सुलर अधिकारीहरूले क्यानाडाका गतिविधिहरूको जानकारी भारतीय गुप्तचर निकायहरूलाई पठाइरहेको पाएको थियो। त्यसपछि ती गुप्तचरमार्फत ती जानकारी लरेन्स बिश्नोईजस्तो आपराधिक गिरोहसम्म पठाइएको थियो।’

    को हुन् हरदीप सिंह निज्जर ?

    ११ अक्टोबर १९७७ मा पञ्‍जाबको जालन्धरमा जन्मेका हरदीप सिंह निज्जर १९९५ मा खालिस्तान टाइगर्स फोर्समा सामेल भएका थिए। सोही वर्ष पञ्‍जाब प्रहरीको स्पेसल अभियानका क्रममा उनी पक्राउ परेका थिए। १९९७ मा उनी नक्कली पासपोर्टमार्फत भारतबाट भागेर क्यानाडा पुगेका थिए।

    जुन १९९८ मा उनले क्यानाडाको नागरिकताका लागि अध्यागमन विभागमा निवेदन दिएका थिए। उनको निवेदन अस्वीकार भएको थियो। नागरिकता नपाएपछि सोही वर्ष क्यानेडेली महिलासँग विवाह गरेका थिए। विवाहपछि क्यानाडाको अदालतमा नागरिकताका लागि आवेदन दिएका थिए। अदालतले पनि उनको आवेदन अस्वीकार गरिदिएको थियो।

    सन् २०१४ मा भारत सरकारले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै मार्च २०१५ मा उनले क्यानाडाको नागरिकता पाएका थिए। उनले के आधारमा नागरिकता पाए भन्‍ने खुलाइएको छैन।

    क्यानाडामा प्लम्बरको काम गरेर गुजारा गरिरहेका निज्जर विस्तारै आफ्नो प्रभाव फैलाउँदै क्यानाडाको शिख समुदायमा नेताको रूपमा स्थापित भएका थिए। उनी शिख समुदायको नेता मात्र चुनिएनन्, ब्रिटिस कोलम्बियाको सर्रेमा रहेको गुरु नानक गुरुद्वाराको प्रमुखको जिम्मेवारीमा समेत चुनिए।

    निज्जर लामो समयदेखि भारतविरोधी गतिविधिमा संलग्‍न थिए। उनी भारतमा प्रतिबन्धित पृथकतावादी संगठन शिख फर जस्टिससँग पनि आबद्ध थिए। उनी पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग लगातार सम्पर्कमा रहेको भारतको दाबी छ। उनले क्यानाडास्थित भारतीय उच्चायोगमा आक्रमणको नेतृत्वसमेत गरेको र धेरै मन्दिरहरूमा आक्रमण गराएको भारतको आरोप छ।

    निज्जर भारतले आतंकवादी घोषणा गरेको खालिस्तानी संगठन बब्बर खालसा इन्टरनेसनललाई पुनर्जीवित गर्ने अभियानमा रहेको भारतको आरोप थियो। जसलाई लिएर भारतले पटक-पटक क्यानाडालाई निज्जरलाई पक्राउ गरी भारत फर्काउन आग्रह गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ। क्यानाडाको नागरिकता लिइसकेका निज्जरलाई पक्राउ गरी भारत पठाउन क्यानाडा तयार नभएपछि दुई देशबीचको सम्बन्धममा तिक्तता रहँदै आएको थियो।

    खालिस्तानी समूहले नयाँ दिल्ली, हरियाणा, हिमाचल प्रदेश, भारत र पाकिस्तानको पञ्‍जाब, उत्तर प्रदेशको केही क्षेत्र समेटेर छुट्टै शिख बहुल राज्यको परिकल्पना गरेको छ। यदि उनीहरूको अभियान सफल भएमा खालिस्तानको सीमा नेपालसम्म जोडिनेछ।

    सन् २०२० मा भारतको गृह मन्त्रालयले उनलाई आतंककारी घोषणा गरेको थियो। भारत सरकारले उनलाई ४० शीर्ष आतंकवादीको सूचीमा राखेको थियो। उनीमाथि २०२२ मा जालन्धरमा एक हिन्दू पुजारीको हत्याको योजना बनाएको आरोपमा राष्‍ट्रीय अनुसन्धान एजेन्सी (एनआईए)ले अनुसन्धान गरिरहेको थियो। एनआईएले उनको सुराकी दिनेलाई १० लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो।(हेडलाईन नेपालबाट)

    सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer