• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यसरी भएको रहेछ सूर्यदर्शनमा योजनाबद्ध ठगी


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ । २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढङ्गले ठगी गरेको पुष्टि गर्छन् ।

    Advertisement

    सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ । ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनले सुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो । गोरखा भूपूहरूलाई समितिमा राखेर रकम सङ्कलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो ।

    अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्थ्यो । नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गर्नुभएको थियो ।

    चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जिबी) राईको सूर्यदर्शनमा प्रवेश भयो । पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ । पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्काे कडी हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउनुहुन्छ । यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहनुभएका शर्माले पूरक जाहेरीसमेत चाँडै पेस गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।

    आफ्नो जिम्मामा आएपछि जिबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदी गाउँको सामान्य किसान परिवारका जिबीको पछिल्लो समय पोखरादेखि काठमाडौँसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो ।

    शुक्रबार जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । अहिले जिबीका दुई दाइ देवेन्द्रबाबु र अनन्तबाबु र साढुदाइ दीपक लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिबीले परिवार, आफन्त मात्र नभएर पे्रमिकाको नामबाट समेत सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    जिबी ग्रुप एन्ड कम्पनीकी कर्मचारी लीला पछाईका नाममा पोखरा महानगरमा दुई वटा घर देखिएका छन् । पछाईको खातामा रकम गएको र घर किनिएको देखिएपछि कास्की प्रहरीले उहाँलाई पनि पक्राउ गरेको छ ।

    जिबीले योजनाबद्ध ठगीलाई अघि बढाउन राजनीतिक पहुँचसमेत प्रयोग गरेको देखिन्छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष हुनुहुन्छ । दर्लामी नेकपा (माओवादी केन्द्र) का पालिका अध्यक्षसमेत हुनुहुन्थ्यो । सूर्यदर्शनले २० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम सङ्कलन गरेको थियो ।

    यही प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका शिवबहादुर गुरुङ नेकपा (एमाले) को युवा सङ्घका केन्द्रीय उपमहासचिव हुनुहुन्छ । सुरुवातमा नेटवर्किङ व्यवसायमा आबद्ध जिबीको परिवार यो व्यवसायमा प्रतिबन्ध लागेपछि देशैभर सहकारी खोली रकम ठगी गर्न योजनाबद्ध रूपमा लागेको देखिन्छ ।

    सूर्यदर्शनसहित देशैभर जिबी र उनको समूहले छ वटा सहकारी सञ्चालन गरी अर्बौ हिनामिना गरेको देखिएको छ । ती सहकारीबाट उनले चलाएका जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि., नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टी इस्टेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालिलगायतका संस्थामा गैरकानुनी रूपमा रकम पठाइएको पाइएको छ ।

    सहकारी स्थापनापछि यो समूहले मिडियासमेत सञ्चालन गर्न थाल्यो । गोरखा मिडिया प्रालिले सुरुवातमा नागरिक खबर डटकम अनलाइन सञ्चालन गरेको थियो । त्यसमा पनि सूर्यदर्शनसहितका सहकारीहरूकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ । जिबी रवि लामिछानेसँग सहकार्यमा पुगेपछि ग्यालेक्सी फोरके टेलिभिजन खुलेको थियो । गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछाने गएको आमचुनावभन्दा नौ महिनाअघि टेलिभिजन छाडी राजनीतिमा प्रवेश गर्नुभएको हो ।

    योजनाबद्ध ठगीलाई बलियो बनाउन यो समूहमा नेपाल प्रहरीका पूर्वउच्चपदस्थ अधिकारीलाई पनि राखिएको थियो । पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुनुहुन्थ्यो । उहाँ पनि अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात र अन्य महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएको थियो ।

    सूर्यदर्शन ठगीमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन् । लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडियामा देशका विभिन्न भागमा रहेका पाँच सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औँल्याएको छ । समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेबारे लेखेको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।”(गोरखापत्रबाट)

    सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार १२ गते (२६

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer