• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अलपत्र छ आलिताल अस्पताल निर्माणको काम


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी भएको सम्झौता अनुसार बजेट नहुँदा निर्माणको काम अलपत्र परेको हो ।

    Advertisement

    २०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरी २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासँग ठेका सम्झौता भएको थियो । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधिभन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राविधिक राजेन्द्रकुमार रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन ।

    आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो ।

    अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोविलाईजेस खर्च लैजानुपर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उहाँले बताउनुभयो । काम सुरु गर्न सामग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनुपर्ने हो । उहाँले भन्नुभयो, “तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सक्नुभएन ।” काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उहाँको भनाइ छ ।

    आर्थिक वर्ष २०७९-०८० मा सङ्घीय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिँदै गर्दासम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो ।

    बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोबिलाइजेसन खर्च भुक्तानी भएको थियो । उहाँले भन्नुभयो, “हालसम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो। तर भुक्तानी भने हुन नसकेकाले काम अलपत्र परेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार हाल सम्म दुई पटक म्याद थप गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडि सार्नुभएको थियो । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजनामध्येको एक अस्पताल हो ।(गोरखापत्र)

    सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer