• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्णाली प्रदेश सरकारका स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको छ । सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सुर्खेतमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा कार्यक्रममा यो योजना अगाडि सारिएको हो ।

    Advertisement

    पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दै गएको छ । गाउँबस्तीमा मानसिक रोग र नसर्ने रोग बढ्दै गएकाले आगामी दिनमा यी रोग निदानका लागि बजेट र कार्यक्रमसहितको योजना सञ्चालन गर्नुपर्नेमा एकमत भएको निर्देशनालयले जनाएको छ । यस्तै २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना पनि बनाइएको छ ।

    कर्णालीमा संस्थामा सुत्केरी हुने दर पनि घटेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि समीक्षा कार्यक्रममा गरिएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताउनुभयो । विगत वर्षको तुलनामा कर्णालीमा ८ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको छ । संस्थामा सुत्केरी हुने दर बढाउने कार्यक्रमलाई प्राथमिकता दिन पनि समीक्षाले निष्कर्ष निकालेको जानकारी उहाँले दिनुभयो ।

    साथै कर्णालीका बालबालिका आफ्ना अभिभावक रोजगारका लागि भारततिर जाने हुँदा बालालिकाले पूर्ण खोप पनि लगाउन छोड्ने समस्या पनि बढ्दै गएकाले पूर्ण खोप लगाउनका लागि पहल थालिने छ । स्वास्थ्य निर्देशक डा. खड्काले प्रदेश पूर्ण खोपयुक्त भइसक्दा पनि बालबालिका पूर्ण खोपबाट छुटेकाले उनीहरूलाई सबै खोप लगाउन पालिकाहरूलाई आवश्यक समन्वय गरी काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।

    सुर्खेत प्रथम, डोल्पा र हुम्ला दोस्रो

    यसै गरी आर्थिक वर्ष २०८०/८१ मा जिल्लाहरूमा सम्पादित स्वास्थ्य कार्यक्रमका आधारमा सुर्खेतको स्वास्थ्य सेवा कार्यालय प्रथम भएको छ भने हुम्ला र डोल्पा दोस्रो भएको छ । खोप कभरेज, मातृशिशुलगायत विभिन्न १८ वटा स्वास्थ्य सूचक मापनका आधारमा कर्णालीका १० वटा कार्यालयमध्ये सुर्खेत प्रथम र डोल्पा दोस्रो भएको छ । स्वास्थ्य निर्देशक डा. खड्काले स्वास्थ्यका सूचकका आधारमा सुर्खेत विगतमा झैँ यस वर्ष पनि प्रथम भएको बताउनुभयो ।

    यस्तै दुर्गम जिल्ला हुम्ला र डोल्पा दोस्रो भएको छ भने जुम्ला तेस्रो भएको छ । सोही अवसरमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शङ्कर रिजाललाई पनि सम्मान गरिएको छ । गत बुधबारदेखि शुक्रबारसम्म सञ्चालन भएको प्रदेशका १० वटै जिल्लाबाट स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्वास्थ्यसँग सहकार्य गर्ने विकास साझेदारका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न अभियानका रूपमा सकारात्मक सोच वृद्धिका लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले कर्णालीमा जनशक्ति व्यवस्थापनका लागि पनि कर्णाली मोडेलको ‘ओएनएम’ तयार गर्न लागिएको जानकारी दिनुभयो ।

    स्वास्थ्य र जनस्वास्थ्यलाई छुट्टाछुट्टै गरी कार्यसम्पादनमा सहज बनाउनुपर्ने भन्दै मन्त्री भण्डारीले स्वास्थ्य शिक्षाका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न सबै स्वास्थ्यकर्मीले हरेक दिन सामाजिक सञ्जालबाट सन्देश प्रवाह गर्न सुझाव दिनुभयो । पलिकास्तरमा आधारभूत आयुर्वेद सेवालाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।(गोरखापत्र)

    सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer