• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केरा खेतीबाट मनग्य आर्थिक आम्दानी


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् ।

    Advertisement

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै जिल्लाका किसान केरा खेतीतर्फ आकर्षित भई आर्थिक वृद्धि गरेका हुन् ।

    जिल्लाको १८ वटा पालिकामध्ये गढीमाई, कटहरिया, फतुवाविजयपुर, चन्द्रपुर, गौर, परोहा, मौलापुरलगायत नौ वटा पालिकाका ३२ वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा केरा खेती गर्न प्रोत्साहित गरेको छ ।

    मौलापुर नगरपालिका–४ का किसान रामनाथ साहले १० कठ्ठा जमिनमा लगाउनुभएको केराखेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी लिन सफल हुनु भएको बताउनुभयो । दसैँको बेलामा मात्रै उहाँले केरा बिक्री गरेर डेढ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । केरा रोपेको नौ महिनादेखि पसाउन थाल्छ र एक वर्षमा बिक्रीका लागि तयार हुन्छ । एक पटक रोपेपछि त्यसबाट उत्पादन भएका बिरुवाले कम्तीमा पाँच वर्षसम्म फल दिने हुनाले पनि केरा खेती गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।

    यता चन्द्रपुर नगरपालिका–३ गैंडाटारका किसान ज्योति देवकोटाले आठ कठ्ठा जमिनमा केराखेती गरी वार्षिक चार लाख रुपियाँ आम्दानी लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “रासायनिक मल, उन्नत बिउ र समयमा सिँचाइ उपलब्ध नहुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि बहुवर्षीय केरा खेती गर्न थालेँ । जसबाट आम्दानी पनि राम्रो भयो ।”

    केरा खेतीमा सरकारले बिमाको समेत व्यवस्था गरेको छ । कृषि प्राविधिक सुभाषप्रसाद साह भन्नुहुन्छ, “बिमाले केरा खेतीको जोखिम न्यूनीकरण गरेको हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । जिल्लाका किसानले मालभोग, चिनीचम्पा, धुसरे, हरिछाल, जिजाइनलगायतका उन्नत जातका केरा खेती गरेका छन् ।”

    व्यवसायिकरुपमै केराखेतीमा लाग्ने किसानलाई तीन वटै तहले प्राविधिक ज्ञान, तालिम, प्राविधिक व्यवस्थालगायत आर्थिक तथा बजारीकरण समेत को व्यवस्थापनमा सहयोग पुर्‍याउन सके नेपाल केरामा आत्मनिर्भर हुने सक्ने किसानहरू बताउँछन् ।(गोरखापत्र)

    सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer