• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका लागि पाल्पामा साइकल यात्रा


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । पाल्पाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न साइकल यात्रा गरिने भएको छ ।

    Advertisement

    पाल्पा साइक्लिङ संघमा आवद्ध युवाहरुले जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले साइकल यात्रा गर्न लागेका हुन् ।

    उनीहरुले साइकल यात्रामार्फत बाहिरबाट आउनेहरुलाई जिल्लाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन दुई दिने ‘हेरिटेज राइड–२०८१’ आयोजना गर्न लागेका छन् । ‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ यही कार्तिक २३ र २४ गते साइकल यात्रा गर्न लागिएको संघले जनाएको छ ।

    विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने छ । जसमा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ ।

    संघले तानसेनमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । संघका अध्यक्ष रुपेश महर्जनले स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताउनुभयो । उहाँले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाले प्रचार–प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नुभयो । यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गर्छौं, त्यसमा १ सय ५० जनालाई हामीले सहभागी गराउने लक्ष्य लिएका छौं, उक्त संख्या भन्दा पनि बढी हुन सक्नुहुन्छ ।’

    अनलाईन दर्ता व्यक्तिगत र सामूहिक दुवै तरिकाबाट गर्न सकिने संघका सदस्य शान्तम थैवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन दर्ता शुल्क प्रतिव्यक्ति २ हजार ५ सय लाग्ने छ । उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि भने विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने उहाँले बताउनुभयो । प्रचार–प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन गराई तिनीहरुको प्रचार गर्ने उद्देश्यले तानसेनका युवाहरुको सक्रियतामा हुन लागेको कार्यक्रमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने संघका सदस्य सुरज शाक्यले बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले संघले आयोजना गर्न लागेको कार्यक्रमले स्वास्थ्यलाई मात्र नभई पर्यटकीय क्षेत्रको विकासमा महत्वपूूर्ण टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र गर्दैन यसले यहाँको पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत पुग्दछ भन्ने मैले विश्वास लिएको छु ।’ पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले संघले आयोजना गर्न लागेको हेरिटेज राइडलाई सफल पार्न पाल्पाली पत्रकारहरुले सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रम सम्पन्न गर्नका लागि ८ लाख ६० हजार खर्च अनुमान गरिएको छ । साइकल यात्रामा सहभागी हुनेहरुलाई टुडीखेलबाट धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पु¥याइने संघका सदस्य बेशान्तर शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रा दरबार परिसरबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा उनीहरुलाई जानकारी गराईने छ ।(Himalaya times)

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer