काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी इलाकामा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ।
आज दिउँसो देशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी र गण्डकीका पहाडी भेगका १-२ ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।




