• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन श्रष्टा र साधकलाई पद्मश्री


  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले तीन श्रष्टा र साधकलाई पद्मश्री पुरस्कार प्रदान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई प्रदान गरिएको थियो । त्यस्तै यसैगरी पद्मश्री साधना सम्मान भारतको सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यिक तथा चिन्तक पवनकुमार चामलिङलाई प्रदान गरिएको छ ।

    Advertisement

    पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा.केदारभक्त माथेमालाई प्रदान गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनैजना श्रष्टा तथा साधकला तीन-तीन लाख नगदसहित सम्मान अर्पण गर्नुभएको थियो ।

    समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

    चाम्लिङ लेखक, कवि एवं चिन्तक हुनहुुन्छ । उहाँ भारतको सिक्किम राज्यमा लगातार २५ वर्ष मुख्यमन्त्री बन्नुभएको थियो । चामलिङको पहलमा स्थापना भएको ‘निर्माण प्रकाशन’ले नेपाली भाषा र साहित्यको श्रवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा तथा संस्कृतिको अभिभावकत्व नेपालले लिनुपर्ने बताउनुभएको थियो ।

    पद्मश्री गौरब पुरस्कार पाउने माथेमा समतामूलक समाज निर्माणका लागि समर्पित शिक्षासेवी हुनुहुन्छ । उहाँ २०४७ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहँदा गुणस्तरीय शैक्षिक विकास र प्राज्ञिक स्वतन्त्रताको पक्षमा योगदान गर्नुभएको थियो । कार्यक्रमका क्रममा माथेमाले सार्वजनिक शिक्षामा सबै देशवासीको समान पहुँच स्थापित हुनुपर्ने बताउनुभयो ।

    प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार, २०६७ सालबाट पद्मश्री साधना सम्मान र २०७८ देखि पद्मश्री गौरव पुरस्कार प्रदान गर्दै आएको छ ।

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार १२ गते (२६

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer