• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डेरीजन्य आयात रोक्दा नेपाली वस्तुमा पनि अवरोध


  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । डेरी व्यवसायीहरूले दूध तथा दुग्धजन्य पदार्थ आयात खुला नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघलगायतले भारतबाट दूध तथा दुग्धजन्य पदार्थको आयात खुला नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल र संघका अध्यक्ष राजकुमार दाहालले प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी किसानबाट उत्पादित दूध बजारमा बिक्री गर्न नसक्दा लाखौं लिटर दूध फाल्नुपर्ने अवस्थामा आयात गर्दा दुग्ध व्यवसायमा संलग्न किसान र उद्यमीको भविष्यमा गम्भीर प्रभाव पर्ने बताउनुभएको छ । कोरोना महामारी, लम्पी स्किन र युवा जनशक्ति विदेश पलायनलगायतका समस्याले दूध तथा दुग्धजन्य पदार्थ खपतमा कमी आएकाले किसानको नियमित भुक्तानीमा समस्या भएको बताइएको छ । डेरी उद्योग संघका अध्यक्ष दाहालले भन्नुभयो, ‘यदि भारतबाट दुग्धजन्य पदार्थको आयात प्रतिबन्ध हटाइन्छ भने आत्मनिर्भरतातर्फ उन्मुख दुग्ध क्षेत्रमा थप समस्या निम्तिन सक्छ ।’ संघका अनुसार नेपालमा दुग्ध उत्पादन धानपछि दोस्रो प्रमुख कृषि उत्पादनका रूपमा रहेको छ । जसले छ लाख कृषक परिवारलाई प्रत्यक्षरूपमा लाभान्वित बनाएको छ । दूधको ओसारपसार, प्रशोधन र बिक्रीवितरणमा ५० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ तर पछिल्ला चुनौतीले उद्योगी र किसानलाई निराश बनाउँदै गएको छ ।

    यसैबीच निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि डेरी उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दूध तथा दुग्धजन्य पदार्थ आयात रोक्ने निर्णयलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्तिमार्फत् यस्तो ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको डेरी उद्योग भूकम्प, कोरोना, लम्की स्किन डिजिजलगायतबाट थलिन पुग्यो र जसका कारण दुग्ध उत्पादनमा समस्या, उत्पादित दुग्ध पदार्थ तथा दूधमा आधारित अन्य उत्पादन बिक्रीवितरणमा समस्या आएपछि स्टक बढेर डेरी उद्योगमा चालु पुँजी अभाव हुन गई किसानलाई दिनुपर्ने रकम तिर्न नसक्दा यसको प्रत्यक्ष असर किसानदेखि उद्योगसम्मलाई पर्न गयो । एकातिर स्वदेशी उत्पादन खपत नहुनु र अर्कोतिर आयातित दुग्ध पदार्थले बजार ओगटेका कारण स्वदेशी उद्योग बचाइदिन व्यवसायीले बारम्बार आग्रह गरेपछि नेपाल सरकारबाट स्वदेशी उद्योग र किसानको हितका लागि मिति २०८० फागुन ३ देखि सहज परिस्थिति नहुन्जेलसम्मका लागि दूध तथा दुग्ध पदार्थ आयात बन्द गर्ने निर्णय गरियो र जसबाट यस क्षेत्रले केही राहतको महसुस गरेका थिए ।’

    तर, पछिल्लो समय भारतबाट आउने दूध तथा दुग्ध पदार्थमा आधारित उत्पादन नेपाली बजारमा प्रतिबन्ध लगाइएकाले अन्य नेपाली वस्तुको भारत निर्यातमा गैरभन्सार अवरोध लगाई अप्ठ्यारो पारेकाले भारतबाट आयात गरिने दुग्ध पदार्थमा लगाइएको प्रतिबन्ध खुला गर्न पहल भइरहेको भन्ने सुनिन आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैले दूध तथा दुग्ध पदार्थ आयातमा गरिएको सरकारको यसअघिको निर्णयलाई यथावत् राखी हाल अन्य नेपाली वस्तुको भारत निर्यातमा उत्पन्न समस्या समाधानमा नेपाल सरकारबाट दुर्ई देशबीच सघन संवादमार्फत् पहल गर्न महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ । नेपाल डेरी एसोसिएसनलगायत दुग्ध किसानहरूले पनि केही दिनअघि उद्योगमन्त्री दामोदरप्रसाद भण्डारीलाई भेटेर सो सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

    भारतले विगत लामो समयदेखि नेपालमा दूध तथा दुग्धजन्य पदार्थ खुला गर्न दबाब दिँदै आएको छ । भारतीय दूध तथा दुग्धजन्य पदार्थ खुलामात्र नभई नेपालको डेरी क्षेत्रमा भारतीय लगानी ल्याउन जोडबल गरिरहेको छ । केही वर्षअघि नेपालमा अमुल भित्र्याउन ठूलै कसरत भएको थियो तर डेरी उद्योगी र दुग्ध किसानको चौतर्फी विरोधपछि रोकिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले बताउनुभयो । भारतले नेपाली निर्यातमा अवरोध गर्दै आएको छ । कहिले अदुवा निर्यातमा अवरोध त कहिले अलैंचीमा अवरोध पुर्‍याउँदै आएको छ । पछिल्लो समय नेपालबाट भारततर्फ निर्यात हुने सिमेन्टमा पनि अवरोध गरेको छ । नेपाली सिमेन्टको गुणस्तर प्रमाणपत्र नवीकरण नगरिदिँदा पछिल्ला दिनमा अर्घाखाँची सिमेन्टको भारततर्फ हुने निकासी ठप्प छ । नेपाली सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारतमा निर्यातका लागि त्यहाँको ब्युरो अफ इण्डियन स्ट्यान्डर्ड (बिआइएस) प्रमाणपत्र लिनुपर्छ । उक्त प्रमाणपत्रको अवधि एक वर्षदेखि दुर्ई वर्षसम्मको हुने गर्छ, त्यसपछि नवीकरण गर्नुपर्छ । रूपन्देहीस्थित अर्घाखाँची सिमेन्ट उद्योगले भारत निर्यातका लागि पाएको बिआइएस प्रमाणपत्रको अवधि असोज ९ मै सकिएको, त्यसलाई नवीकरण गर्न दुर्ई महिना पहिल्यै आवश्यक प्रक्रिया पूरा गरे पनि भारतबाट स्वीकृति नपाउँदा सिमेन्ट निर्यात ठप्प रहेको उद्योगका अध्यक्ष पशुपति मुरारकाले बताउनुभएको छ । मुरारकाका अनुसार भारतले आफ्नो बजारको अनुपातमा नेपालबाट सानो हिस्सा सिमेन्ट आयात गरे पनि चीन, जर्मनी, अमेरिका, इटलीलगायतबाट ठूलो परिमाणमा सिमेन्ट भित्र्याउँछ ।

    सिमेन्टसँगै जुत्ता, प्लाइउड, जस्तापातालगायत नेपाली उद्योगबाट उत्पादित सामग्री निर्यात पनि रोकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती सामग्री निर्यातका लागि बिआइएस प्रमाणपत्र नवीकरण नभएको र नयाँ प्रमाणपत्र पनि नदिइएको गुनासो व्यवसायीबाट आएको छ । कृषि मन्त्रालयले २०८० फागुनमा दूध तथा दुग्धजन्य पदार्थको आयात रोक्ने निर्णय गरेको थियो । नेपालमा भारतबाट ठूलोमात्रामा दुग्धजन्य पदार्थ भित्रिने गर्छ । आफूले निर्यात गर्ने तिनै वस्तुको नेपालमा आयात खुलाउनकै लागि दबाब दिन पछिल्लो केही महिनायता नेपालबाट हुने विभिन्न वस्तुको निर्यातमा अवरोध गरेको हुन सक्ने उद्योग मन्त्रालयका अधिकारीहरू बताउँछन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र अन्य डेरी उद्योगमा समेत ठूलो परिमाणमा धुलो दूध, दुग्धजन्य पदार्थ मौज्दात रहेपछि सरकारले भारतबाट आयात रोक्ने निर्णय गरेको थियो ।

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer