• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

निक्कै महंगो मूल्यमा नेपाल भित्रियो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’


  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पा’ मंसीर २१ गतेबाट विश्वभर रिलिज हुँदैछ। यसैबीच, ‘पुष्पा २ : द रुल’ अहिलसम्ममै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ।

    Advertisement

    नेपालका तीन ठूला वितरक कम्पनीले संयुक्तरुपमा फिल्मको वितरण अधिकार ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु) खरिद गरेका हुन्।
    कम्पनीहरुमा ए–एट्, डीसीएन र आरआर फिल्म्स रहेका रहेका छन्।

    नेपालमा रिलिज हुने निश्चित भएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि आफ्नो वेबसाइटमा कमिङ सुनतर्फ पुष्पाको पोस्टर राखेको छ।

    डिसीएनका बजार तथा वितरण प्रमुख दीपक दंगालले ४ करोडमा भारतीय रुपैयाँ किनेको जानकारी दिए।

    ‘हामीले ४ करोड भारु तिरेर पुष्पा २ को राइट किनेका छौँ। नेपाली फिल्म वितरण गर्ने त भइहाल्यो। अन्य भारतीय फिल्महरू पनि सेड्युल छ। तत्कालै सिगंम रिटन र भूलभूलैया ३ आउँदैछन्,’ उनले भने।

    यो फिल्म निकै चर्चामा छ।

    जसकारण रिलिजअगावै फिल्मले विभिन्न राइट बिक्रीबाफत एक हजार करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ। हालै नेटफ्लिक्सले पनि फिल्मको ओटीटी राइट २७५ करोड भारुमा खरिद गरेको छ।

    सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुन र रश्मिका मन्डानाको मुख्य भूमिका छ। फिल्ममा फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

    १७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा : द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

    यसअघि प्रभासको ‘सलार’ लाई महंगो मूल्यमा नेपालमा ल्याइएको थियो। एप्पल इन्टरटेनमेन्टले यस फिल्मलाई २ करोड ७५ लाख भारुमा खरिद गरेको थियो। (नेपालखबर)

    शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer