• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बिपी राजमार्ग बनाउने यस्ता छन् तीन विकल्प


  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ । बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा करिब १२ किलोमिटर सडकखण्ड क्षति पुर्‍याएको छ ।

    Advertisement

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार अलि उच्च पुल (भायडक) निर्माण गर्ने, दोस्रो विकल्पमा अहिले भएको पहाडको भित्तो खोस्रिने (भित्तातर्फ नयाँ ट्र्याक खन्ने) र तेस्रो विकल्पमा जमिन सतहबाट माथिसम्म भित्ता उठाएर सडक निर्माण गर्ने गरी छलफल भइरहेको छ ।

    उहाँले तीन विकल्पका अप्ठ्याराबारे व्याख्या गर्दै पहिलो विकल्प अनुसार उच्च पुल निर्माण धेरै महँगो पर्ने, दोस्रो विकल्प अनुसार भित्तो खोस्रिँदा बाढीले बगाएर लाने सम्भावना रहेको बताउनुभयो । मन्त्री दाहालले लागत र सजिलोको दृष्टिले जमिन सतहबाट भित्ता उठाएर सडक निर्माण गर्नु नै अहिलेको अवस्थामा उचित विकल्प हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उचित विकल्प देखिए पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकिएको छैन । यस विकल्पबारे पनि अहिले अध्ययन भइरहेको छ ।”

    जापानको चासो

    मन्त्री दाहालका अनुसार बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले पनि चासो देखाएको छ । उहाँले राजमार्गको क्षतिग्रस्त खण्डको निरीक्षण गर्न जापानी प्राविधिकहरू नेपाल आउन लागेको जानकारी दिनुभयो । उहाँले जापानबाट प्राविधिक आएर स्थलगत अध्ययन गरेपछि मात्रै थप प्रक्रियाबारे भन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोबाट सडक पूर्वाधारमा मात्रै करिब साढे छ अर्ब रुपियाँभन्दा बढी क्षति पुगेको छ । क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब १५ अर्ब रुपियाँ खर्च हुने अनुमान छ । जसमध्ये बिपी राजमार्गको पुनर्निर्माणमा मात्र सात अर्ब रुपियाँ खर्च हुने देखिएको छ ।”

    उहाँले राजमार्गहरूको पुनर्निर्माणका लागि बजेटको व्यवस्थापनबारे अहिलेसम्म टुङ्गो नलागेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँसँग नेपालको पूर्वी क्षेत्र जोड्ने छोटो बाटो बिपी राजमार्ग पुनर्निर्माणका सम्बन्धमा असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो । २०७२ मा जापानी सहयोग नियोगमार्फत उक्त राजमार्ग जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन (जापानी येन) को लागतमा निर्माण गरिएको हो ।

    धुलिखेल–सिन्धुली–बर्दीबाससम्म सो राजमार्गको कुल लम्बाइ १६० किलोमिटर छ । तीन दशकअघि सो राजमार्ग निर्माण गर्दा प्रति किमी ३५ करोड रुपियाँ लागत थियो । अहिले निर्माण खर्च प्रतिकिलोमिटर ५० करोड रुपियाँभन्दा बढी हुने अनुमान छ ।

    मन्त्री दाहालले बिपी राजमार्ग जापानकै सहयोगमा निर्माण भएकाले पुनर्निर्माण गर्न चाहे सरकारले सकारात्मक रूपमा लिने बताउनुभयो । उहाँले भन्नुभयो, “जापानले बनाइदिएको सडक भएकाले अहिले पनि उहाँहरू आउँदै हुनुहुन्छ । सडकको अवस्था बुझेर पुनर्निर्माण गर्छौं भन्ने प्रस्ताव आए हामी स्वीकार गर्छौं । उहाँहरूले नबनाए सरकारी स्रोतबाटै निर्माण हुन्छ ।”(गोरखापत्र)

    शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer