• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्य र शिक्षाका संरचना निर्माण गरिने


  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम तत्काल सुरु गरिने बताउनुभएको छ । प्रदेश सरकारको नीति कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था र चुनौती, भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्यालगायतका विषयमा छलफल गर्न रुकुमपश्चिम आएका मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका तर्फबाट ५० करोड रुपियाँ लगानी गरेर यसै वर्ष करिब एक सय पूर्वाधारका संरचना निर्माण हुने बताउनुभयो ।

    Advertisement

    मुख्यमन्त्री कँडेलले जाजरकोट, रुकुमपश्चिम र सल्यानमा भूकम्पले क्षति गरेका स्वास्थ्य र शिक्षाका संरचना निर्माणमा कर्णाली सरकारले ५० करोड विनियोजन गरेकाले यसै वर्ष उक्त काम सकिनेसमेत बताउनुभयो । सदरमुकाम मुसीकोटमा स्थानीय तहका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुखसँगको छलफलका क्रममा मुख्यमन्त्री कँडेलले भूकम्प प्रभावित घरधुरीभन्दा बढी भएको भन्ने गुनासो रहेकाले उक्त समस्या तत्काल समाधान गरेर पुनर्निर्माणको काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजिरहेको बताउँदै सबैले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको बताउनुभयो । सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “योजनाका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नु पर्‍यो । जेठ, असारमा होइन, मङ्सिरभित्रै ठेक्का सम्झौता भइसक्नु पर्‍यो ।”

    तिनै तहका सरकारको असल समन्वय भएमा मात्र दिगो विकास गर्न सकिने र कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिन वडा तहबाट आएका योजनामा बजेट पठाउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा स्रोत वृद्धितर्फ पनि सोच्नुपर्ने उहाँको भनाइ रहेको छ । मुख्यमन्त्री कँडेलले दल र सरकार मिलेर मात्र समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो । उहाँले गाउँमा आएका योजना कसले ल्याएको हो भनेर विवाद नगरेर कसरी राम्रो गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक देखिएको बताउनुभयो ।

    यसै गरी नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमले राखेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सञ्चारमैत्री योजना र बजेटलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले सञ्चार उपकरणको बिमा, पत्रकारको स्वास्थ्य र दुर्घटना बिमा र लोक कल्याणकारी विज्ञापनको रकम बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री कँडेलले स्रोतसाधन भरिपूर्ण कर्णाली बनाउन सकारात्मक पहल र प्रयास गरिरहेको जानकारी दिनुभयो । जनभावना अनुसार निर्वाह गर्नुपर्ने भूमिकाका लागि आफू सदा तयार गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कँडेलले विगतमा अनुदानका नाममा कृषि क्षेत्रमा बढी लगानी भएको तर उपलब्धि हुन नसकेको बताउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer