काठमाडौं । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम अन्तर्गत रहेका क्लवहरु लायन्स क्लव अफ काठमाडौं वाईसधारा, लायन्स क्लव अफ काठमाडौं साझा फुलवारी र लायन्स क्लव अफ काठमाडौं सर्भेयरको संयुक्त आयोजनामा आज क्यूपिड चिल्ड्रेन होम एकेडेमी गोंगवु वालुवापाटिमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर सम्पन्न भयो ।
सोही अवसरमा डिष्ट्रिक्ट ३२५ एम का द्वितिय भाईस गभर्नर रत्न पराजुली, पुर्व गभर्नर महेन्द्र पौडेल, सिक्नेचर प्रोजेक्ट चिफ वलराम सुवेदी, सेक्रेटरियट एडभाईजर हरि चन्द्र तिवारी, को-चिफ एड्भाईजर तारा प्रसाद त्रिपाठी ,एडिसनल क्याविनेट सेक्रेटरी ईश्वर अर्याल लगायत डिष्ट्रिक्टका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आयोजक क्लवहरुका अध्यक्ष क्रमशः सुमित्रा केसी, आनन्द वुर्लाकोटी, सुन्दर देवकोटाका साथै अन्य लायन सदस्यहरु नारायण सुवेदी, हेमराज थापा जनक जोशी, काली बहादुर शाही सविता वस्नेत, संगिता अधिकारी, प्रकाश शर्मा लगायतको उपस्थिती रहेको थियो । डिष्ट्रिक्ट ३२५ एम का गभर्नर चण्डी प्रसाद अर्याल तथा डिष्ट्रिक्ट ३२५ एम का प्रथम भाईस गभर्नर धनिराम बरालले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
डिष्ट्रिक्ट ३२५ एम को यसवर्षको स्लोगन “Together we can” अनुसार क्लव वाईसधारा, साझा फुलवारी र साझा सर्भेयरले सामाजीक सेवाका कार्यहरु एकसाथ गर्ने गरेकोमा आफुलाई निक्कै खुशी लागेको डिष्ट्रिक्ट ३२५ एम का द्वितिय भाईस गभर्नर रत्न पराजुलीले वताउनु भयो ।
उक्त अवसरमा विद्यालयका छात्र/छात्रा लगायत तिन सय जना भन्दा बढीको निशुल्क दन्त परिक्षण गरिएको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट ३२५ एम का डिपार्टमेन्ट चिफ मन्दिरा खनाल पौडेलले वताउनु भयो । समाज सेवामा सक्रिय क्लव वाईसधाराको संस्थापक अध्यक्ष मन्दिरा खनाल पौडेल हाल जन जागृती ज्ञान रश्मी विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ ।
प्रिन्सिपल प्रकाश राज बुढाथोकी, को-अर्डिनेटर संगिता केसी रहनुभएको यस गोंगवु वालुवापाटीमा रहेको क्यूपिड स्कुलमा ३०० भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन ।
डिष्ट्रिक्ट ३२५ एम ले लायन वर्ष २०२४/२५ को सुरुवात देखिनै सामाजीक आवश्यकता हेरि बिबिध सामाजीक कार्यहरु गर्दै आईरहेको छ । प्राविधीक सहयोग समाज डेन्टल वनस्थलीले प्रदान गरेको थियो ।
विशुद्द सामाजीक सेवामा समर्पित लायन्स ईन्टरनेशनलमा विश्व भरमा चौध लाख भन्दा बढी सक्रिय सदस्य रहेको र हाल ४९ हजार बढी क्लव रहेका छन भने विश्वका २०० बढी राष्ट्रमा फैलिएको छ ।






