• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निजामतीमा ५२ हजार बढी दरबन्दी रिक्त, सेवा प्रवाहमा समस्या


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६ पदमा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको हो । ठुलो सङ्ख्यामा निजामती कर्मचारीको दरबन्दी रिक्त रहँदा सरकारले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका काममा समस्या पर्दै आएको छ ।

    Advertisement

    राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सङ्घ, प्रदेश र स्थानीयसमेत तीन वटै तहमा गरी कुल एक लाख ३८ हजार १२४ दरबन्दीमध्ये ८५ हजार ३५८ वटा मात्र दरबन्दीमा कर्मचारी कार्यरत रहेको देखिन्छ । सङ्घीय र प्रदेश लोक सेवा आयोगबाट वार्षिक रूपमा करिब नौ हजारको हाराहारीमा कर्मचारीको दरबन्दी पूर्तिका लागि सिफारिस हुँदै आएको जनाइएको छ ।

    आयोगले सिफारिस गरेका उम्मेदवारभन्दा अवकाश हुने कर्मचारीको सङ्ख्या धेरै हुँदा निजामती सेवामा ठुलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदै गएको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । निजामती सेवामा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव र सहसचिवसम्मको कर्मचारीको दरबन्दी रिक्त छन् ।

    राष्ट्रिय किताबखाना (निजामती) का निर्देशक सुदन ख्वाखलीले सङ्ख्यात्मक रूपमा हेर्दा निजामती सेवामा ठुलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त भएको देखिए पनि कार्यालय सहयोगी र हलुका सवारीचालक पदका दरबन्दीमा कार्यरत हुने तर रेकर्ड किताबखानामा नहुने भएकाले ठुलो सङ्ख्यामा दरबन्दीमा कर्मचारी रिक्त देखिएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “दरबन्दी र कार्यरतको तुलना गर्दा रिक्त कर्मचारीको रिक्तता धेरै देखिन्छ । कार्यालय सहयोगी र हलुका सवारीचालकलगायतका श्रेणीविहीन पदका कर्मचारी पनि दरबन्दीमा नै कार्यरत हुन्छन् तर ती पदमा काम गर्ने व्यक्ति करार सेवामा कार्यरत छन्, करार सेवाका कर्मचारीको रेकर्ड किताबखानासँग नहुँदा रिक्त कर्मचारीको रिक्तता धेरै देखिएको हो ।”

    करार सेवाका कार्यरत कर्मचारीको रेकर्ड सम्बन्धित कार्यालयले मात्र राख्ने भएकाले एकमुस्ट रूपमा तीन वटै तहमा गरी कति कर्मचारी करार सेवामा कार्यरत छन् भन्ने विवरण एकद्वार प्रणालीबाट आउँदैन । सम्बन्धित कार्यालयले करार सेवामा कार्यरत कर्मचारीको विवरण पनि किताबखानामा पठाउने व्यवस्था गरेको भए वास्तविक दरबन्दी अनुसार रिक्त कर्मचारीको सङ्ख्या आउने किताबखानाले जनाएको छ ।

    लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कार्यालय सहयोगी र हलुका सवारीचालक पदमा कार्यरत कर्मचारी अवकाश भएपछि ती पदका कर्मचारी सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयले किताबखानालाई जानकारी नगराउँदा ठुलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको बताउनुभयो । नयाँ संविधान जारी भएपछि कार्यालय सहयोगी र हलुका सवारीचालक पद स्वतः रिक्त हुने व्यवस्था छ । उक्त पदमा करार सेवामा मात्र कर्मचारी नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    सेवा प्रभावित

    तिनै तहमा गरी ५२ हजार ७६६ कर्मचारीको दरबन्दी रिक्त हुँदा सेवा प्रवाह र विकास निर्माणको काममा समस्या पर्दै आएको छ ।

    मैनालीले सरकारले तिनै तहमा कर्मचारी व्यवस्थापन गर्न नजान्दा सेवा प्रवाह र विकास निर्माणमा समस्या पर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय, मालपोत, यातायात कार्यालयमा दरबन्दीको तुलनामा कार्यबोझ अत्यधिक छ सङ्घीय मन्त्रालयमा हेर्दा दरबन्दीमा कर्मचारी छन् तर काम छैन ।” काम अनुसार कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवा प्रवाह र विकास निर्माणमा समस्या हुँदै आएको उहाँले स्पष्ट पार्नुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले समयसापेक्ष रूपमा प्रशासनिक संरचनालाई परिवर्तन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को कार्य भइरहेको बताउनुभयो ।(गोरखापत्रबाट)

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer