• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धन गर्न ताल निर्माण गरिँदै


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिका–६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ ।

    Advertisement

    ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १६ करोड ६७ लाख रुपियाँको बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रालि ललितपुरबिच २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य अनुरूप ताल निर्माणको काम थालिएको निर्देशनालयले जनाएको छ । जुम्ल्याहा मूल ताललाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

    जग्गा प्राप्तिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । स्थानीयको ३५ रोपनी जग्गा ताल निर्माणका क्रममा प्रभावित हुने भएकाले उचित मुआब्जा उपलब्ध गराएर ताल निर्माण गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि ताल निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो ।

    ताल निर्माणका लागि गाउँपालिकाले समन्वयको काम गरिरहेको उहाँको भनाइ छ । तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यका लागि काम गर्ने योजना रहेको अध्यक्ष विकले जानकारी दिनुभयो ।

    ताल निर्माण योजना अन्तर्गत लिफ्ट सिँचाइ आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म लिफ्ट सिँचाइ निर्माणको ९७ प्रतिशत काम सकिएको ऊर्जा विकास निर्देशनालयले जनाएको छ । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको थियो । २०८२ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । निर्माण अवधिअगावै निर्माणको काम सम्पन्न हुने निर्देशक भट्टराईले बताउनुभयो ।

    तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य अनुरूप आयोजना निर्माण गर्न लागिएको छ । उक्त आयोजना अन्तिम चरणमा पुगेपछि यहाँका किसान हर्षित भएका छन् । आयोजना निर्माणपछि व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहज हुने छ । ६० मिटर उचाइबाट पानी खसालिने छ । तीन वटा भण्डारण ट्याङ्की निर्माण गरिने बताइएको छ ।(गोरखापत्रबाट)

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer