• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यि स्थानीय तहमा हुँदैछ उपनिर्वाचन


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आगामी मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुँदैछ ।

    Advertisement

    नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।

    आयोगको तयारी तीव्र
    निर्वाचन आयोगका सूचना अधिकारीका सुमन घिमिरेले उपनिर्वाचनको तयारी तीव्ररुपमा अघि बढेको बताउनुभयो । घिमिरेले भन्नुभयो, “समग्रमा हाम्रो तयारी तीव्ररुपमा भइरहेको छ । सबभन्दा मुख्य कुरा निर्वाचनका लागि चाहिने मतदाता नामावली हो । यो कात्तिकको २५, २६ गतेसम्म अन्तिम मतदाता नामावली तयार गर्ने गरी मतदाता नामावली अद्यावधिकको काम हुन्छ ।”

    कुन प्रदेशमा कति स्थानीय तह रिक्त छन् ?
    कोशी प्रदेश
    कोशीअन्तर्गत गाउँपालिका अध्यक्ष–एक र वडाअध्यक्ष–६ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

    झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका –६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुँदैछ ।

    मधेश प्रदेश
    मधेश प्रदेशअन्तर्गत वडाअध्यक्ष–६ पदका लागि उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको तीन स्थानहरु इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

    बागमती प्रदेश
    बागमती प्रदेशअन्तर्गत नगरप्रमुख–एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष–पाँच पदमा उपनिर्वाचन हुँदैछ । काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा काठमाडौँ महानगरपालिका–१६, नुवाकोटाको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ र कीर्तिपुर नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ ।

    गण्डकी प्रदेश
    गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको गोरखा नगरपालिका–५ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

    लुम्बिनी प्रदेश
    लुम्बिनी प्रदेशअन्तर्गत गाउँपालिका वडाअध्यक्ष–तीन पदमा उपनिर्वाचन हुँदैछ । गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख–एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष– पाँच स्थानमा उपनिर्वाचन हुँदैछ । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५, रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

    सुदूरपश्चिम प्रदेश
    सुदूरपश्चिम प्रदेशअन्तर्गत गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष–चार स्थानमा उपनिर्वाचन हुँदैछ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष तथा बझाङको सूर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

    आयोगका अनुसार कैलाली जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुँदैछ ।

    महिला उम्मेदवार उठाउन निर्देशन
    आयोगले स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बमोजिम अहिले जुन स्थानीय निकायमा पुरुष जनप्रतिनिधि कार्यरत छन्, त्यस ठाउँमा महिला उम्मेदवार उठाउन राजनीतिक दललाई निर्देशन दिएको छ ।

    घिमिरेले भन्नुभयो, “स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाअन्तर्गत हरेक स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवारी दिँदाखेरी राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवार दिनुपर्छ भन्ने कुरा कानुनमा व्यवस्था छ । त्यो व्यवस्थाअन्तर्गत अहिले जुन–जुन स्थानीय तहमा प्रमुख या उपप्रमुख खाली छ, जो बहाल भएर बसिरहनुभएको छ, उहाँहरु पुरुष प्रतिनिधि हुनुहुन्छ भने महिलाको उम्मेदवार दिनु कानुनको व्यवस्था अनुकूल हुन्छ, संविधानको भावना अनुकूल हुन्छ भन्ने लाइनबाट निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई निर्देशन जारी गरेको छ ।”

    आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । मतदान मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer