काठमाडौं । सुदुर पश्चिम नेपालको जीवनरेखा मानिने जयपृथ्वी राजमार्गमा पटक-पटक सुख्खा पहिरोले दुख दिने गरेको छ । खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले पुन सडक अवरूद्ध भएको छ ।
Advertisement
दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको र अहिले पनि पहिरो पन्छाउने काम भइरहेको बताइन्छ । पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।




