• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शान्ति सैनिकलाई लक्षित गरि आक्रमण हुन थाले नेपाली सैनिक फिर्ता ल्याईने


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकलाई लक्षित गरि आक्रमण हुन थाले नेपाली सैनिक फिर्ता ल्याउने कार्ययोजना तयार रहेको बताएका छन् । तर उनले अहिले नै नेपाली सैनिक फिर्ता गरिहाल्नुपर्ने अवस्था भने नरहेको प्रष्ट पारेका छन् ।

    Advertisement

    रक्षा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ८७७ नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको बताए ।

    इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहमाथि १५ असोजदेखि स्थल कारबाही समेत थालेको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिएका थिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ । यही कारण सो क्षेत्रमा तनाव बढेको छ ।

    नेपाली शान्ति सैनिकहरु गोली हानाहान भइरहेकै स्थानमा रहेपनि दुवै पक्षले शान्ति सैनिकलाई लक्षित गरेर कुनै कारबाही नगरेको प्रधानसेनापति सिग्देलले बताए ।

    ‘म आफैं पनि त्यहाँ जवान, कमाण्डरहरुसँग सम्पर्कमा हुन्छु, यूएन हेडक्वार्टरसँग पनि हामी प्रत्यक्ष सम्पर्कमा छौं’, उनले भने, ‘हामी समानान्तर रुपमा द्वन्द्वरत पक्षसँग पनि समन्वयमा हुन्छौं । त्यो हिसाबले हेर्दा नियतवश हाम्रो फौजलाई अफ्ठ्यारो पार्ने स्थिति सिर्जना हुने सम्भावना धेरै कम छ ।’

    युद्धग्रस्त क्षेत्रमा दुर्घटनावश केही कुराहरु हुने सम्भावनालाई नकार्न नसकिने भन्दै उनले बंगलादेश र इन्डोनेसियाका गरेर ४ जना सैनिक घाइते भएको जानकारी दिए ।

    ‘बाहिर समाचारमा यूएनको एरियामा हमला भयो भनेर आउँछ । तर, तिनीहरु एक्सिडेन्टल हो । यूएन फोर्सलाई नै टार्गेटेड बम्बिङ भएको छैन’, सिग्देलले थपे, ‘त्यसको अर्थ के हो भने अहिलेसम्म दुवै पक्षले यूएनको उपस्थितिलाई स्वीकारेका छन् । त्यो हुनाले अहिलेसम्म हामी सुरक्षित छौं ।’

    लडाइँ बढ्ने स्थितिमा के गर्ने भन्ने विषयमा संयुक्त राष्ट्रसंघको मुख्यालयले त्यसको योजना बनाएको उनले बताए । ‘त्यस्तो अवस्थामा नेपाली सेनाका तैनाथ फौजलाई कसरी फिर्ता ल्याउने वा कसरी सुरक्षित स्थानतर्फ लैजाने भन्ने योजना तयार गरेका छौं’, प्रधानसेनापति सिग्देलले पत्रकार सम्मेलनमा भने ।

    अहिले इजरायल–लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकका लागि लेभल थ्री सुरक्षा रणनीति लागू गरिएको छ । यसमा शान्ति सैनिकका अपरेशलन गतिविधिहरु ठप्प रहन्छन् भने सैनिकहरु बंकरमै बस्नुपर्ने हुन्छ ।

    इजरायल–सिरियाको सीमा क्षेत्रमा पनि ५२ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।

     

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार १२ गते (२६

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer