• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यस पटक नेपाली सयपत्री फुल मात्र बजारमा


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ ।

    Advertisement

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो । केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको छ । सोमबार मात्र हेटौँडामा एक ट्रक फूल नष्ट गरिएको छ ।

    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निकायसँग सोह्र किसिमका रोगकिरा मुक्त भएको प्रमाणपत्र चाहिने सर्त राखेको छ ।

    उहाँले भन्नुभयो, “तीन दिनअघि मात्र फोनमा कुरा भएको छ तर उहाँहरूबाट नेपालको सर्त पूरा गर्न सक्दैनौँ भन्ने जवाफ आएको छ ।” त्यसो हुँदा नेपालमा भारतबाट आउने फूल अवैध हो । यही कारण नेपालको सीमानाकाबाट आउन आयात अनुमतिपत्र जारी नगरिएको केन्द्रले जनाएको छ ।

    जथाभाबी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोगकिरा रहेको विगतका अनुसन्धानले देखाएको छ । जसले नेपालमा खेती भइरहेको फूलहरूको आनुवंशिकता र फूल फुल्ने क्षमता पूरा नष्ट गर्ने उहाँले जानकारी दिनुभयो ।

    प्रमुख मार्गबाट फूल ल्याउन नपाएपछि चोरनाका हुँदै फूल भित्र्याउन थालिएको छ । त्यसरी ल्याइएका फूलहरू कतिपय अवस्थामा नेपाली बिचौलिया मिलेर नेपालको भ्याट बिलसमेत काटेर वैध बनाउने प्रयास भएको पाइएको उहाँले बताउनुभयो । कृषि र फूलजन्य सामग्री आयात गर्दा भ्याट नलाग्ने व्यवस्था छ ।

    काठमाडौँका शीतभण्डारमा अवैध फूल

    चोरबाटो हुँदै काठमाडौँमा बिक्रीका लागि राखिएको २७ लाख रुपियाँ बराबरको अवैध भारतीय फूल शीतभण्डारमा भेटिएको छ । केन्द्र र काठमाडौँ महानगरको पहलमा बालाजुका तीन शीतभण्डारमा भेटिएका अवैध सयपत्री ‘सिल’ गरिएको छ ।

    काठमाडौँ महानगरका अनुसार बालाजुको कोहिनुर कोल्ड स्टोरमा २९९ पोका र क्वालिटी कोल्ड स्टोरमा ८० पोका फूल फेला परेको महानगरले जानकारी दिएको छ ।

    तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग नेपालमा उच्च हुने गर्छ । काठमाडौँका विभिन्न सतचालिस स्थानबाट सयपत्री र मखमली फूल तथा माला बिक्री गर्ने व्यवस्था मिलाइएको छ । देशभरमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपियाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौँमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ ।

    काठमाडौँका भाटभटेनी, काठमाडौँ मल, साल्ट ट्रेडिङलगायतका सबै सपिङ मलका खुला स्थानमा फूल बिक्री हुने छन् । त्यस्तै सङ्कटा चोक, कालीमाटी, कलङ्की चोकलगायतका सामुदायिक र सार्वजनिक स्थलहरूमा पनि फूल बिक्री गरिने भएको छ । तिहारको पहिलो दिन कागतिहारदेखि भाइटीकाको बिहानसम्म किसानहरू आफैँले तोेकिएका स्थानहरूमा फूल बिक्री गर्न सक्ने छन् । विगतमा भारतबाट अवैध रूपमा आयात हुने सयपत्री फूलले नेपाली किसानले लगाएको फूल विस्थापित हुँदा किसानहरू मर्कामा पर्ने गरेको फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गत वर्ष भारतीय फूलका कारण नेपाली किसानले फूल फाल्दै रुनु परेको थियो, यसपाला सुरुदेखि नै कडाइ भएकाले त्यस्तो नहुने आशा छ ।” अहिले गरिएको कडाइले नेपालमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरू फेरि फूल फुलाउन फर्कने वातावरण बनेको तामाङ औँल्याउनुहुन्छ । गत वर्ष लगानी खेर गएपछि धेरै किसानले यस वर्ष फूल खेती गरेनन् । जसका कारण अभाव हुने हो कि भन्ने आशङ्का पनि रहेको उहाँ दाबी गर्नुहुन्छ ।(गोरखापत्र)

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer