• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

देशव्यापी बढ्यो फूलको खेती


  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ ।

    Advertisement

    स्याङ्जा समाचारदाताका अनुसार गल्याङ, रूपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूल खेतीमा दैनिक रमाइरहनुभएको छ ।

    १० बर्से जनयुद्ध हुँदै पाँच वर्ष माओवादी केन्द्रबाट वडा सदस्य जितेर गल्याङ नगर सदस्य भएर काम गर्नुभएका राना अहिले गल्याङ नगर पार्टीको अध्यक्ष हुनुहुन्छ । रानाले पाँच वर्ष जनप्रतिनिधि रहँदा नै मौलाकालिका कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर फूल खेतीमा लाग्नुभएको हो ।

    रानाले आठ रोपनी जग्गा ६० हजारमा भाडामा लिएर खेती थालेका उहाँको बगैँचामा सयपत्री फूल ढकमक्क फूलेको छ ।

    धेरै ठाउँमा रहरले फूल खेती गरिरहँदा रानाले भने फूल खेतीलाई आर्थिक आर्जनको माध्यम बनाउनुभएको छ । गत वर्षसम्म आठ रोपनीमा १० हजार फूल रोप्नुभएका रानाले यस आवमा भने पाँच रोपनीमा पाँच हजार बिरुवा रोप्नुभएको छ । फूल उत्पादनमा लागत महँगो भएको बताउँदै रानाले त्यसमै भारतको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।

    विद्यालयको खेती राम्रो

    उता कालीगण्डकी गाउँपालिकामा विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन पालिकाको सहयोगमा फूल खेती गरिएको छ । यहाँ विद्यालय पनि फूल खेतीमा लागेका छन् ।

    सात वटा वडा रहेकामा वडा नं. ४ बाहेक सबै वडामा कृषकले फूल खेती गरेका छन् भने धु्रवज्योति मावि र मिर्मी माविले फूल खेती गरेका छन् ।

    पाल्पा समाचारदाताका अनुसार पाल्पाको रामपुर नगरपालिका–३, रजघरामा रहेको जनविकास माध्यमिक विद्यालय परिसरमा सयपत्री ढकमक्क फुलेको छ ।

    गत वर्षदेखि सुरु गरेको व्यावसायिक फूल खेती विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन तथा विद्यालयको आम्दानीको माध्यम बनेको छ । तिहारलक्षित फूल खेतीको हेरचाहका लागि खाली समयमा शिक्षक तथा विद्यार्थी जुटिरहेका छन् । विद्यालय परिसरभित्र ढकमक्क सयपत्री फूलेपछि विद्यालयको वातावरण नै फरक भएको कक्षा नौका विद्यार्थी नीरमाया विकले बताउनुभयो । दुवोसहितको चौरमा फूल लगाएको उहाँले बताउनुभयो ।

    विद्यालयले यस वर्ष पनि चितवनबाट बिरुवा ल्याएर साढे एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाएको थियो । खाली जमिनको सदुपयोगसँगै आम्दानी पनि हुने र विद्यार्थीलाई सिक्नका लागि पनि हुने भएकाले फूल खेती गरिएको प्रधानाध्यापक पशुपति खनालले बताउनुभयो ।

    विद्यालयले गत वर्ष फूल बिक्रीबाट १२ हजारभन्दा बढी आम्दानी गरेको थियो । विद्यालयका कर्मचारी लीलादेवी गौतमले फूल प्रतिकिलो ३५० रुपियाँको दरले बिक्री गर्दै आएको बताउनुभयो । नगरपालिकाले प्लास्टिकजन्य फूल बिक्रीवितरणमा रोक लगाएकाले स्थानीय बजारमा फूलको माग बढी हुँदा फूलको बजारीकरणका लागि समस्या नहुने विद्यालयले जनाएको छ ।

    गुल्मीमा पचास रोपनीमा ढकमक्क

    गुल्मी समाचारदाताका अनुसार गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती भएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको ज्ञान केन्द्र प्रमुख नवराज

    भण्डारीले बताउनुभयो ।

    जिल्लामा दुई दर्जनभन्दा बढी कृषक व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध छन् । रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपालीले फूल खेतीको सुरुवात गर्नुभएको छ । नेपालीले जग्गा लिजमा लिएर यस वर्ष दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती गर्नुभएको छ ।

    अघिल्लो वर्षबाट फूल खेती सुरु गर्नुभएका नेपालीको फार्ममा यतिबेला तिहारलक्षित फूल फुलिरहेका छन् । गत वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका नेपालीले यस वर्ष दुई रोपनीमा मात्रै फूल खेती गर्नुभएको छ । गत वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको उहाँको भनाइ छ ।

    वडा नम्बर–१० मा विनोद कुँवरले पनि गत वर्षभन्दा फूल खेतीको क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्नुभएको छ । इस्मा गाउँपालिका–३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएको छ । त्यस्तै छत्रकोट गाउँपालिका–३ मा भुवन खराल, सत्यवती गाउँपालिका–१ मा महेन्द्र खत्रीले पनि यस वर्ष उत्पादन क्षेत्रफल घटाउनुभएको छ । गत वर्ष उत्पादन धेरै भए पनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकले उत्पादन क्षेत्रफल घटाएका हुन् ।

    नेपालगन्ज समाचारदाताका अनुसार केही वर्षपहिलेसम्म तिहारका लागि भारतबाट फूलको आयात गर्नु परेकोमा अहिले स्वदेशी फूलले बजार ओगटेको छ ।

    बाँकेको कोहलपुर, राप्तीसोनारी र नेपालगन्जमा व्यावसायिक रूपमै पुष्प खेती हुन थालेपछि तिहारका लागि पर्याप्त फूल पाइन थालेको हो ।

    बाँकेको कोहलपुर नगरपालिका–३ र १३ मा व्यावसायिक रूपमै सयपत्री फूल उत्पादन गरेर दुई जना व्यवसायीले छुट्टाछुट्टै वार्षिक पाँचदेखि सात लाख रुपियाँ आम्दानी गरिरहेका छन् ।

    कोहलपुरकी फूल खेती गर्ने महिला व्यवसायी विष्णु चौधरीले कोहलपुर–३ मा सात कट्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको छ ।(गोरखापत्रवाट)

     

    बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १४ गते (२८

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer