काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ । राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लाग्नुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।
Advertisement
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ देखि ३० गतेसम्मको भ्रमण कार्यक्रम स्वीकृत गरिएको जानकारी दिनुभयो ।




