काठमाडौं । आज तीनवटा प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको आंशिक प्रभाव छ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।




