• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हिरासतमा छवि–रवि जम्काभेट: “तपाईं गृहमन्त्री हुँदै जीबी ल्याउन सकिएको भए आज हामी भित्र हुने थिएनौं”


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने १४ दिनदेखि र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे ३९ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

    Advertisement

    छवि ३९ दिनदेखि र रवि १४ दिनदेखि कास्कीमै छन् । रविलाई हिरासतको माथिल्लो तलामा र छविलाई भुईँ तलामा राखिएको छ । छविले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम अपचलन भएको विषयमा आफूलाई भन्दा बढी रविलाई थाहा भएको बयान प्रहरीमा दिएका थिए ।

    उनकै बयानलाई पनि प्रहरीले मिसिलमा समेटेको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि र सञ्चालक छविबीच अहिले दैनिक देखादेख हुन्छ । तर, राम्रो बोलचाल हुन पाउँदैन ।

    म्याद थप गर्न अदालत लगेका बेला भने उनीहरूबीच कुराकानी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतका अनुसार रविले छविलाई भेटेपछि भनेका थिए, ‘छवि सर, ममाथि सरकारले प्रतिशोध साँध्न खोज्दा तपाईंलाई पनि फसाए, चिन्ता नगर्नुहोस्, हामी छुट्छौं ।’

    जवाफमा छविले ‘तपाईं गृहमन्त्री हुँदै गितेन्द्रबाबु (जीबी) लाई ल्याउन सकिएको भए आज हामी भित्र हुने थिएनौं,’ भनेका थिए ।

    रविले प्रयास गर्दा पनि नसकेको भनेका थिए । पछिल्लोपटक कात्तिक ८ गते म्याद थप गर्न कास्की अदालत पुर्‍याइएका रवि र छविबीच कुराकानी भएको थियो । कास्की जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत डेढ किलोमिटरको दुरीमा छ ।

    रुपन्देहीस्थित बुटवलमा सञ्चालित सुप्रिम सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छवि त बयान नै दिएर कास्की पुगिसके । कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौं कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखिन्छ ।

    सुप्रिमबाट रविको नाममा २ करोड रुपैयाँ जम्मा भएको देखिन्छ । तर, रविले त्यसलाई अस्वीकार गर्दै आएका छन् । रकम जम्मा गर्दा भौचरमा रोशनी गुरुङ/रवि लामिछाने लेखिएको छ ।

    ग्यालेक्सी टेलिभिजन घोषणा भएको दुई महिनामै ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा रविका तर्फबाट १ करोड जम्मा भएको छ । यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको देखिन्छ ।

    सुप्रिमबाट छविको नाममा २ करोड ५० ऋण प्रवाह भएको थियो । २०८१ मा वैशाखमा रुपन्देही प्रहरीले अदालतमा दायर गरेको अभियोग पत्रमा सुप्रिम सहकारीले रविलाई व्यापारिक ऋण दिएको उल्लेख छ । त्यसो त जीबी आफैंको नाममा पनि १ करोड ९२ लाख ऋण लिएको देखिन्छ ।

    कास्की प्रहरी स्रोतका अनुसार रवि र छवि दुवैले जीबीलाई दोष थोपारेर आफू उम्किने प्रयासस्वरूप इन्कारी बयान दिएका छन् ।

    सरकारी वकिल कार्यालय कास्कीमा रविको बयान प्रमाणित गराउने काम लगभग सकिएको छ ।

    कात्तिक २० गते बयान प्रमाणित गराएर रुपन्देही लैजाने तयारी कास्की प्रहरीको छ । तर, त्यसअघि कास्की जिल्ला अदालतमा म्याद थप हुन्छ ।

    रविविरुद्ध कास्की प्रहरीले नै सम्पत्ति शुद्धीकरण मुद्दा समेत दर्ता गर्ने तयारी गरेको छ ।

    नेकपा एमालेका सांसद सूर्यबहादुर थापा संयोजक रहेको संसदीय विशेष छानबिन समितिले रवि, छवि र जीबीविरुद्ध ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    रास्वपाका केही केन्द्रीय नेताहरू अहिले पनि कास्कीमै छन् । दैनिक रविसँग भेटघाट हुन्छ । रवि पक्षका वकिलसँग नेताहरूको परामर्श भइरहेको छ ।

    उपाध्यक्ष डीपी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुनयविनय गरेका थिए । तर, प्रधानमन्त्रीबाट सकारात्मक जवाफ भने नपाएको स्रोतको दाबी छ । (लोकान्तरबाट)

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १४ गते (२८

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer