• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाँफिकोटको स्यार्पूतालमा सञ्चालित डुङ्गा बन्द


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।

    Advertisement

    पर्यटन प्रवर्धन र स्वरोजगारका लागि सञ्चालित डुङगाहरु आवश्यक कानुनी प्रक्रिया तथा अनूमतिबिनै सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको हो । स्पार्पूतालमा सुरुमा काठका र केही वर्ष पहिलादेखि आधुनिक डुङ्गा सञ्चालन हुँदैआएका थिए । चार वटा आधुनिक डुङ्गा सञ्चालनमा थिए । भदौ दोस्रो साताबाट एक वटा मोटर स्पिडबोटसमेत सञ्चालनमा आएको थियो ।

    मोटरबोटले आवश्यक कानुनी प्रक्रिया तथा अनुमतिबिनै सञ्चालनमा आएको र यसले क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको थियो । बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकका अनुसार मोटरबोट सञ्चालनको अनुमति पर्यटन बोर्डबाट लिनुपर्ने हुन्छ । बोर्डले वातावरणीय अवस्था, प्रभाव तथा मोटरबोट परीक्षण गरेर मात्र सञ्चालनको अनुमति दिने जानकारी दिनुभयो ।

    यसअघि नियमित सञ्चालनमा परम्परागत डुङगा सञ्चालनको लागि आवश्यक कार्यविधिको निर्माण हुन बाँकि रहेको उहाँले बताउनुभयो । यसका लागि पालिकाले कार्यविधि तयार गरेर परम्परागत डुङ्गा सञ्चालनका लागि अनुमति दिन सक्छ ।

    यसअघि गाउँपालिकाले मोटरबोट सञ्चालनको अनुमति दिएको थियो । उक्त कार्य पर्यटनबोर्डको क्षेत्राधिकार भएकोले गाउँपालिकाले उक्त अनुमति रद्द गरेको छ । त्यसयता मोटरबोटसहित अन्य परम्परागत डुङ्गाहरु बन्द छन् । सुन्दर स्यार्पूताललाई थप आकर्षक बनाउँदै पर्यटक तानिरहेका डुङ्गाहरु बन्द हुँदा यहाँ आउने पर्यटकहरुको सङ्ख्या घटेको छ ।

    पर्यटकहरुले निराश हुँदै फर्किनुपरेको जनाएका छन् । डुङ्गा सञ्चालकहरुको व्यवसायमा प्रभाव परेको छ । दाङको घोराहीबाट घुम्न र स्यार्पूतालमा डुङ्गा चढ्न भनेर एक टिमका साथ आउनुभएका नारायण हमालले स्यार्पूमा डुङ्गा चढ्न नपाउँदा मन खल्लो भएको बताउनुभयो ।

    सुन्दर तालमा रमाउँदै बोटिङ गर्ने रहर अधुरै छोडेर फर्किनुपरेको उहाँले जनाउनुभयो । हमालजस्तै केही आन्तरिक पर्यटकहरु डुङ्गामा रमाउने शोख पूरा नगरी फर्कन बाध्य भएका छन् । चाडपर्वको बेला गाउँ फर्केकाहरु सुन्दर तालमा बोटिङ गर्न नपाएको भन्दै गुनासो गर्ने गरेका छन् ।

    स्यार्पूतालमा आधुनिक डुङ्गा सञ्चालन गर्दै आउनुभएका आदित्य मल्लले स्थानीय सरकारले चाँडै नै कार्यविधि बनाएर डुङ्गा सञ्चालनको अनुमति दिनुपर्ने बताउनुभयो ।

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १४ गते (२८

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer