• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विद्यार्थी रोक्न सिपमूलक शिक्षा आवश्यक


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक्न सिपमूलक तथा रोजगारमूलक शिक्षामा जोड दिइएको छ ।

    Advertisement

    नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिले आयोजना गरेको ‘राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले विश्वविद्यालय सुधारका लागि नेपाल सरकारको समर्थन निरन्तर रहने बताउनुभयो । उहाँले प्राविधिक तथा सिपमूलक शिक्षामा जोड दिँदै समृद्धि राष्ट्र निर्माणका लागि विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले समृद्ध राष्ट्र निर्माणका लागि सिपमूलक तथा गुणस्तरीय शिक्षा आवश्यक पर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष प्राडा अर्जुन कार्कीले उच्च शिक्षामा गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले उच्च शिक्षाका लागि बाहिरिएका जनशक्तिलाई रोक्न रोजगारमूलक शिक्षाको आवश्यकता रहने बताउनुभयो ।

    उहाँले समृद्धि राष्ट्र निर्माणको अभियानलाई अघि बढाउन आवश्यक पर्ने सिपमूलक तथा गुणस्तरीय उच्च शिक्षाका लागि सार्थक योगदान पु¥याउने लक्ष्य राखेर नेपाल विश्वविद्यालयको स्थापना भएको बताउनुभयो ।

    उहाँले विद्यमान विश्वविद्यालयको सबल र दुर्बल पक्षबाट पाठ सिक्दै समकालीन उच्च शिक्षा प्रणालीका आधारभूत सिद्धान्त र मान्यतालाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपाल विश्वविद्यालयले आफ्नै सङ्काय, आङ्गिक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिने बताउनुभयो ।

    सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयको औपचारिक शुभारम्भको घोषणा गर्नुभयो ।

    गोष्ठीमा प्राडा केशरजङ्ग बराल, डा. सुचिता प्याकुरेल, पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेललगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालको शैक्षिक तथा सामाजिक विकासमा विश्वविद्यालयको प्रभाव, जिम्मेवारी र सम्भावित योगदानमाथि छलफल भएको थियो ।

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer