• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हवाई उडान कटौती हुदा पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पर्यटक भित्रिने मुख्य सिजनमै ३० प्रतिशत हवाई उडान कटौती हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ ।

    Advertisement

    यसअघि सन् २०२३ मा सरकारले १० लाख पर्यटक भित्र्याएर लक्ष्य हासिल गरेको थियो । यस वर्ष पर्यटकको पछिल्लो आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापरबाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि लक्ष्य भेट्न मुस्किल देखिएको हो ।

    सरकारले आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि सन् २०२४ को १० महिनाको अवधिमा भने नौ लाख ४० हजार ७३२ मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि यही कात्तिक २३ देखि चैत १८ गतेसम्म राति १० देखि बिहान ८ बजेसम्म विमानको उडान अवतरण बन्द हुँदा २० प्रतिशत यात्रु घट्ने छन् । उक्त अवधिमा काठमाडौँबाट ३० प्रतिशत उडान कटौती हुने छ, त्यसको असर पर्यटक आगमनमा देखिने नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पर्यटक आगमन हुने सिजनमा ४० प्रतिशत आन्तरिक र ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती हुने भएपछि त्यसको असर हवाई भाडामा पर्न जान्छ । हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर र महँगो हवाई भाडाका कारण पर्यटक आगमनको लक्ष्यमा असर पुग्ने देखिन्छ ।”

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले १५ प्रतिशत पर्यटक नेपाल भित्रिन सक्ने जनाउँदै उहाँले नेपालभन्दा भारतको दिल्लीमा हवाई भाडा उडान सस्तो हुने भएपछि नेपाल आउने पर्यटक घट्ने बताउनुभयो । उडान कटौतीपछि नेपालबाट युरोप, अमेरिकालगायत हरेक गन्तव्यको हवाई भाडा महँगो हुने जानकारी दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सरकारले तोकेको समयसीमाभित्र करिब ११ लाख पर्यटक मात्रै नेपाल आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा पर्यटक आगमन सकारात्मक देखिए पनि अक्टोबरमा आशा गरे अनुसार पर्यटक आउन सकेनन् । प्रमुख पर्यटक बजार मानिएका भारत र चीनका पर्यटक नबढ्दा र विमानस्थल बन्द हुने भए पनि यस वर्ष ११ लाख पर्यटक नबढ्ने देखिएको छ ।” वायु सेवा सञ्चालक सङ्घले तोकिएको समयमा काम सम्पन्न नभए सदस्य वायुसेवा कम्पनीहरू अत्यधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने जनाएको छ । (गोरखापत्रबाट)

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १४ गते (२८

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer