• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २२, २०८३
☰
सोमबार, असार २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ४. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सर्वोच्चकाे न्यायाधीशमा निरौला र पाण्डेय सर्वसम्मत


  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइको प्रक्रिया पूरा गरेपछि समितिले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई अनुमोदन गरेको हो । निरौला र पाण्डेय दुवैले शुक्रबार समितिमा आफ्नो कार्ययोजना पेस गर्दै सुनुवाइमा सहभागी हुनुभएको थियो । सुनुवाइपछि दुवैलाई सर्वसम्मत अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो । अनुमोदनसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।

    Advertisement

    समितिमा कार्ययोजना पेस गर्दै निरौलाले न्यायपालिकाको रणनीतिक योजनालाई मूर्त रूप दिन आफ्नोतर्फबाट भूमिका खेल्ने बताउनुभयो । न्यायमा पहुँच, सूचना प्रविधिको प्रयोग र न्यायिक सुशासनलाई पनि उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ । प्रधान न्यायाधीशले अगाडि सार्नुभएका कार्ययोजनालाई न्यायाधीशका रूपमा साथ दिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । संवैधानिक मूल्यमान्यतामा आधारित भएर कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

    फौजदारी मुद्दाको फैसलाका कार्यान्वयनमा नीतिगत फड्कोको आवश्यकता रहेको समितिमा उहाँले बताउनुभयो । उच्च अदालत, प्रशासकीय अदालत र श्रम अदालतको अधिकार क्षेत्र पुनरवलोकन आवश्यक रहेको निरौलाले बताउनुभयो । नजिरमा एकरूपता कायमका पक्षमा उहाँले धारणा राख्नुभयो । अदालतमा बिचौलियाको निगरानीका लागि कानुनले परिकल्पना गरेका संरचना निर्माण गर्नुपर्ने पनि निरौलाको भनाइ थियो ।

    यस्तै प्रस्तावित न्यायाधीश पाण्डेयले मुद्दा फस्र्योटका लागि रणनीतिक योजनाले लिएको लक्ष्य अनुसार अघि बढ्ने बताउनुभयो । न्यायिक सुशासन र सूचना प्रविधिको प्रयोगलाई सकेको प्रवर्धन गर्ने पाण्डेले बताउनुभयो । न्यायाधीश निष्ठावान् भई कार्यसम्पादन गरेमा अदालतको जनआस्था बढ्ने बताउनुभयो । जनआस्था वृद्धिका लागि न्यायाधीशसँगै कर्मचारी र अन्य सरोकारवाला पक्षको पनि उत्तिकै भूमिका हुने पाण्डेयको भनाइ थियो ।

    उहाँले छिटोछरितो न्यायलाई प्राथमिकतामा राख्ने कार्ययोजनामा उल्लेख गर्नुभएको छ । स्वैच्छिक रूपमा दिइने कानुनी सहायतालाई प्रोत्साहित र मेलमिलापको प्रवर्धन गर्ने धारणा पनि उहाँले समितिमा राख्नुभयो ।

    न्याय परिषद्ले असोज ११ गते निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । रिक्त न्यायाधीश सङ्ख्या छ भए पनि सहमति हुन नसक्दा दुई जनाको मात्र नाम सिफारिस भएको थियो । निरौला उच्च अदालत पाटन र पाण्डेय उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

    विसं २०५२ देखि न्याय सेवामा प्रवेश गर्नुभएका निरौला सर्वोच्चको मुख्य रजिस्टारबाट २०७७ माघ १२ गते उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त हुनुभएको थियो । बहालवाला मुख्य न्यायाधीशमध्ये निरौला पहिलो नम्बरमा हुनुहुन्थ्यो । सर्वोच्चमा उहाँको कार्यकाल २०९३ माघ २५ गतेसम्म हुने छ । हालको रोलक्रममा कुनै फेरबदल नभएमा २०९३ पुस ६ गते टेकप्रसाद ढुङ्गानाको अवकाशपछि एक महिना १९ दिन निरौलाले सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ ।

    यस्तै सर्वोच्चमा पाण्डेयको कार्यकाल २०८७ फागुन १४ गतेसम्म हुने छ । बहालवाला मुख्य न्यायाधीशको रोलक्रममा उहाँ पाँचौँ नम्बरमा हुनुहुन्थ्यो । पाण्डेय २०७० जेठ २७ मा तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश नियुक्त हुनुभएको थियो । अतिरिक्त न्यायाधीशबाटै उहाँले अवकाश पाउनुभएको थियो ।

    २०७२ असोज ३ मा संविधान जारी हुँदा पद बचाउको व्यवस्था नभएपछि सबै अतिरिक्त न्यायाधीश पदमुक्त भएका थिए । न्याय परिषद् ऐन संशोधनबाट पूर्वअतिरिक्त न्यायाधीशलाई उच्चमा नियुक्त गर्न मिल्ने कानुनी व्यवस्था भएसँगै पाण्डेय २०७३ पुस २८ मा पुनः उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer