• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाथीभरा केवलकार निर्माणमा विवाद हुदा ६ जना घाइते


  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको विवादका क्रममा भएको झडपमा परी ६ जना घाइते भएका छन्।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले दुई सुरक्षाकर्मी सहित ६ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीन जनालाई उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

    केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र केवलकार निर्माणको पक्षमा रहेकाहरूबिच झडप र ढुङ्गा हानाहान भएको थियो।

    पहिचान पक्षधर चन्द्र मादेन घाइते भए। यस्तै, फक्ताङलुङ गाउँपालिका-५ का अर्जुन लिम्बू, फुङलिङ नगरपालिका- ४ का दामोदर अधिकारी र मेरिङदेन गाउँपालिका- ४ का कुमार शेर्पा घाइते भएका छन्।

    यस्तै, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवलदार अभिनाझ माझी घाइते भएका छन्। घाइतेमध्ये अर्जुनको दाहिने कुममा चोट रहेको प्रहरीले बताएको छ।

    मादेनको टाउको र दाहिने हातको चोरी औँलामा चोट रहेको छ भने अधिकारीको बायाँ आँखाको डिलमाथि र तल चोट रहेको प्रहरीले जानकारी दिएको छ।

    शेर्पाको टाउकोमा चोट रहेको छ। सुरक्षाकर्मी बाहेक घाइते भएका मध्य मादेन केवलकार निर्माणको विपक्षमा तथा अधिकारी र अधिकारी र शेर्पा पक्षमा रहेको प्रहरीले भनेको छ।

    अर्जुनलाई प्रहरीले सर्वसाधारण भनेको छ। यस्तै, घाइते सुरक्षाकर्मीमध्य ओलीको घुँडामुनि चोट रहेको छ भने माझीको दाहिने हातमा चोट रहेको छ।

    केवलकार निर्माण स्थलमा एक्स्काभेटर मेसिन लाने विषयबाट विवाद सुरु भएपछि झडप भएको थियो। निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सने काफ्लेपाटीबाट केवलकार निर्माण स्थलतर्फ मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोधको प्रयास गरेका थिए।

    निर्माण स्थलतर्फ मेसिन लैजाँदै गर्दा प्रहरीले मेसिनको चाबी लिएको थियो। प्रहरीसँग चाबी मागेर केवलकार निर्माण पक्ष आन्दोलित बनेको थियो। त्यही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सृजना भएको हो।

    सुरक्षाकर्मीले झडप नियन्त्रणमा लिएपछि काफ्लेपाटी क्षेत्रमा देखिएको तनाव केही शान्त भएको छ। सो क्षेत्रमा सुरक्षावालको बाक्लो उपस्थिति तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख रावलले जनाए।

    झडप थप उत्तेजित नबनाउन र तनावको स्थिति साम्य पार्न मेसिनको चाबी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीले नियन्त्रणमा लिएको मेसिनको चाबी शुक्रबार साँझ सम्म निर्माण कम्पनीलाई दिएको छैन।

    यो समाचार तयार पार्दासम्म केवलकार निर्माण पक्षधर र केवलकार निर्माणको विरोधमा रहेका पक्षधर आ–आफ्नै क्षेत्रमा रहेका छन्। केवलकार निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमले बिहान केवलकार निर्माण कार्यको शिलान्यास गरिएको र निर्माण कार्य सुरु गर्न मेसिन लैजाने प्रयास जारी राखिएको जनाएको छ।

     

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer