• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु, कार्यक्रम तालीका यस्तो


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा आज जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेसँगै तयारी सुरु भएको हो । बैठकले महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको छ ।

    Advertisement

    बैठकले आगामी मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गर्ने, जन्तीलाई महोत्तरीको मटिहानीमा आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्ने र रात्रिको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरेको छ । १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ ।

    मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र बिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुषयज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । मङ्सिर २१ गते राति जानकी मन्दिरको प्राङ्गणमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सव कार्यक्रम हुने उनले बताए ।

    यसअघि मधेश प्रदेश सरकारले जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम प्रदेश सरकारको अगुवाइमा गर्ने निर्णय गरेकाले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको छ । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

    सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस वर्ष भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्ति, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारी तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।

    आगामी मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer